भरुवा बन्दुकसहित एक जना पक्राउ

म्याग्दीको मालिका गाउँपालिका–१ निस्कोटबाट भरुवा बन्दुकसहित एक जना पक्राउ परेका छन्। 

इलाका प्रहरी कार्यालय दरबाङका प्रहरी निरीक्षक सन्तोष पौडेलका अनुसार निस्कोटका ४६ वर्षीय ओमबहादुर फगामीलाई शनिबार साँझ पक्राउ गरिएको हो। 

उनको साथबाट भरुवा बन्दुकको साथै एक हजार ३८० ग्राम बारुद, काँटी सहितको १ थान सलाई, खैनीको डिब्बा भित्र केपहरु, तीन वटा फलामको रड बरामद गरिएको छ।

फगामीको घरबाट बरामद भएको बन्दुकको लाइसेन्स नभएकाले अबैध भएको प्रहरीले जनाएको छ। 

फगामीलाई थप अनुसन्धानका लागि जिल्ला प्रहरी कार्यालय बेनी पठाइएको छ।

प्रकाशित मिति: : 2021-01-17 12:16:00

प्रतिकृया दिनुहोस्