१० ‘अन्डरवर्ल्ड डन’हरूकाे कथा:

काेही बाध्यता त काेही रहरले बने ‘अन्डरवर्ल्ड डन’

भारतका मोस्ट वान्टेड अपराधीहरूको सूचीमा पहिलो नम्बरमा छन्, दाउद इब्राहिम। उनी धेरै आतंकवादी संगठनसँग पनि जाेडिएका छन्। सन् १९९३ को मुम्बई विष्फोटको मुख्य मास्टरमाइन्ड पनि उनी नै हुन्।

खासमा, दाउदले भाइ शब्बीरसँग तस्करी गरेर अपराधको दुनियाँमा प्रवेश गरेका थिए। यहीँबाट मुम्बईमा रक्तपातपूर्ण युद्ध सुरु भएको थियो। तर भारतलाई आतंकित पार्ने 'अन्डरवर्ल्ड डन' अहिले अस्पताल भर्ना भएका छन्।

उनले गरेकाे कर्तुतका कारण अहिलेपनि मानिसहरूकाे मनमस्तिष्कमा डर छाइरहेकाे छ। तर दाउद मात्र त्यस्ता डन हाेइनन्। उनीजस्ता कयाैं डनहरू छन्, जसकाे नाम सुन्दापनि तर्सिन्छन् मानिसहरू।

हाजी मस्तान

डनकाे दुनियाँमा चर्चित नाम हाे हाजी मस्तान। उनी मुम्बईका पहिलो अन्डरवर्ल्ड डन थिए। उनलाई बाहुबली माफिया तस्कर हाजी मस्तान पनि भनिन्छ।

मस्तानले वरदराजन मुदलियार र करिम लालालाई प्रमोट गरेका थिए। हाजी मस्तानको जन्म १ मार्च १९२६ मा तमिलनाडुको कुड्डालोरमा भएको थियो। उनले सन् १९७० सम्म मुम्बईमा 'राज' गरे।

सुट लगाउन र मर्सिडीज चलाउन निकै रूचाउँथे उनी सधैं चुराेटकाे धुँवा उडाइरहेर सडक–सडक चाहार्थे। उनकाे डर यतिधेरै थियाे कि हाजी मस्तानकाे नाम सुन्नेबित्तिकै डराउँथे सर्वसाधारणाहरू।

करीम लाला

करिम लालाको जन्म सन् १९२१ मा अफगानिस्तानको कुनार प्रान्तमा भएको थियो। उनले तस्करीलगायत धेरै अवैध कारोबार गरे। हाजी मस्तानले उनलाई वास्तविक डन बनाए।

२१ वर्षको उमेरमा पेशावर हुँदै उनी मुम्बई पुगेका थिए। उनले १९४० सम्म तस्करी कामहरू गरे। त्यसपछि उनले जुवा र मदिराको अड्डा पनि खोले।

भनिन्छ कि करीम लाला, वरदराजन मुदलियार र हाजी मस्तानको क्षेत्र विभाजन गरिएको थियो। जसका कारण उनीहरूबीच कहिल्यै लफडा भएन। सर्वसाधारणहरूलाई  डर देखाएर डन बनेका करीमकाे सन् २०११ मा अफगानिस्तानको कुनार प्रान्तमा मृत्यु भएको थियो।

वरदराजन मुदलियार

वरदराजन मुदलियारको चाँडै धनी बन्ने चाहनाले उनलाई अन्डरवर्ल्डको मुकुटविहीन राजा बनायो। उनको जन्म सन् १९२६ मा मद्रास प्रेसिडेन्सीको थुथुकुडीमा भएको थियो।

वरदराजनले सुरुमा साना काम गरे तर पछि उनी मुम्बई गएर रेलवे स्टेशनमा भरियाको रूपमा काम गर्न थाले। त्यतिबेला उनको भरियाको काम गर्दागर्दै उनी अवैध मदिरा कारोबारमा संलग्न भए।

जब उनी मुम्बई आए, अण्डरवर्ल्डमा हाजी मस्तान र करीम लालाको राज थियाे।  वरदराजनले पनि आफ्नै व्यवसाय सुरु गरेका थिए। उनी आफ्नो व्यवसाय विस्तार गर्न चाहन्थे, जसका लागि उनले हाजी मस्तानसँग भेट गरे।

हाजी मस्तान पनि उनीबाट प्रभावित भए र उनलाई आफूसँगै लगे। दुवैले सँगै काम गर्न थाले। यसै क्रममा हाजी मस्तानले उनलाई करिम लालासँग भेट्न लगाए। केही दिनमै वरदराजनले मुम्बई अन्डरवर्ल्डमा आफ्नो छाप छोडे।

उनले हत्याको ठेक्कादेखि तस्करीसम्मका कामहरू सम्हालेका थिए। भरियाबाट डन बनेका उनकाे १९८८ सालमा हृदयघातका कारण मृत्यु भयाे।

अरुण गवली

अरुण गवलीको जन्म १७ जुलाई १९५५ कोपरगाउँ, अहमदनगर, महाराष्ट्रमा भएको थियो। उनको बुबाको नाम गुलाबराव थियो। जो घरखर्च चलाउन मजदुरको रूपमा काम गर्थे।

जब दाउद इब्राहिमले मुम्बई छोडे, अपराधको दुनियामा दुई खेलाडी मात्र बाँकी थिए– एक अरुण गवली र अमर नाइक। उनलाई प्रहरीले मुठभेडमा मारेको थियो भने उनका भाइ पक्राउ परेका थिए। त्यसपछि मुम्बईको अन्डरवर्ल्डको दुनियाँमा गवली मात्रै रह्यो।

गवलीले विधायक बनेर प्रहरीको नजरबाट बच्ने सोचेका थिए तर त्यसो भएन। सन् २००८ मा गवलीले शिव सेनाका पार्षद कमलाकर जमसांडेकरको सुपारी दिएर हत्या गरेका थिए।

यस मुद्दामा उनलाई आजीवन कारावासको सजाय सुनाइएको थियो। उनी जेल गएलगत्तै प्रहरीले उनको पूरै गिरोहलाई सखाप पार्यो

गवलीलाई ड्याडी भनेर पनि चिनिन्थ्यो। उनी अन्डरवर्ल्डको मुकुटविहीन राजा बनेका थिए। भनिन्छ, मुम्बईका ठूला मानिस उनको नामदेखि डराउँथे।

बडा राजन

बडा राजनको नाम मुम्बईको अन्डरवर्ल्डको दुनियाँमा पनि प्रख्यात छ।

बडा राजनको वास्तविक नाम राजन नायर हो। उनलाई छोटा राजनको गुरु भनिन्छ।

बडा राजन यसअघि मुम्बईमा टेलरको काम गर्थे। उनी आफ्नी प्रेमिकाका लागि अपराधको दुनियाँमा प्रवेश गरेको बताइएको छ। राजनले आफूले गरेको कामको लागि निकै कम पैसा पाउथे।

उनकी प्रेमिकाको ठूलो साेक थियो, जसलाई पूरा गर्न उनले महँगो टाइपराइटर चोर्न थाले। एक दिन उनी चोरीको आरोपमा पक्राउ परे र तीन वर्षको लागि जेल बसे।

जेलबाट बाहिर आएपछि उनले एउटा गिरोह बनाए, जसको नाम थियो– गोल्डेन ग्याङ।

सन् १९७० पछि गोल्डेन ग्याङको नाम राजन ग्याङ भयो। जबरजस्ती फिरौती, तस्करी, चलचित्रको कालो टिकट बेच्ने र पैसा लिएर जबरजस्ती असुली बडा राजनको मुख्य व्यवसाय बन्याे।

एक समय यस्तो आयो जब बडा राजनले करीम लाला र हाजी मस्तानलाई तस्करी व्यवसायमा पछाडि छाडे। यसपछि सन् १९८० को दशकको अन्त्यतिर बडा राजनले अब्दुल कुञ्जु नामका अपराधीलाई आफ्नो गिरोहमा स्थान दिए, जसले केही समयपछि बडा राजनको प्रेमिकासँग विवाह गरे। त्यसपछि उनीहरूबीच दुश्मनी सुरू भयाे। त्यसकाे एक वर्षपछि अब्दुल कुञ्जुले बडा राजनको हत्या गरे।

छोटा राजन

सन् १९८२ मा बडा राजनको हत्यापछि छोटा राजनले आफ्नो व्यवसायको जिम्मा लिएका थिए। उनले बडा राजनको हत्यारालाई मार्ने कसम खाए।

अब्दुल कुञ्जु छोटा राजनसँग यति डराएका थिए कि उनले एक वर्षपछि १९८३ अक्टोबर ९ मा प्रहरी चौकीमा आत्मसमर्पण गरे, तर छोटा राजनले उनलाई कैयौं पटक मार्ने प्रयास गरे, तर उनी प्रत्येक पटक फरार भए।

एक पटक छोटा राजनले उनलाई अस्पतालमा मार्ने प्रयास गरे, जसले दाउदलाई प्रभावित पारे र उनलाई आफ्नो गिरोहमा समावेश गरे।

१९८४ सम्म छोटा राजन दाउदको नजिकको साथी बने। यसैबीच छोटा राजनले अब्दुललाई खेल मैदानमा देखेको थाहा पाएपछि छोटा राजन त्यहाँ पुगे र अब्दुललाई गोली हानेर हत्या गरिदिए।

अबु सलेम

अबु सलेम मूल रूपमा आजमगढका बासिन्दा हुन्। उनले दाउद इब्राहिमका लागि काम गरे। उनले आजमगढबाट युवाहरूलाई मुम्बई ल्याएर गोली हानाहान गराउने गर्थे। 

अबु सलेमले फिल्म निर्मातासँग पैसा उठाउने गर्थे। फिल्म निर्माता गुलशन कुमार, राकेश रोशन, सुभाष घई र राजीव राईलाई धम्की दिन उनी पछि हटेनन्।

उनी सन् २००२ मा पोर्चुगलमा पक्राउ परेका थिए, त्यसपछि सन् २०१५ मा उनलाई आजीवन कारावासको सजाय सुनाइएको थियो। कामको खोजीमा उनी सन् १९८४ मा मुम्बई पुगेका थिए।

छोटा शकील

छोटा शकीललाई अन्डरवर्ल्ड डन दाउद इब्राहिमको दाहिने हात हुन्। उनी मुम्बई बम विष्फोटका अभियुक्त थिए। उनी दक्षिण मुम्बईको नागपाडामा बस्थे। उनको वास्तविक नाम मोहम्मद शकील बाबु शेख थियो।

अपराधको दुनियाँमा आउनुअघि उनी ट्राभल एजेन्सी चलाउँथे। छोटा शकील सन् १९८८ मा दाउद गिरोहमा सामेल भएका थिए। सन् २०१७ मा उनको हत्या भएको बताइएको छ तर अहिलेसम्म यसको पुष्टि हुन सकेको छैन।

रवि पुजारी

गुण्डा नाइके रवि पुजारीलाई सेनेगल प्रहरीले तीन वर्षअघि लागूऔषध ओसारपसार गरेको आरोपमा पक्राउ गरेको थियो। तर, केही दिनपछि उनले जमानत पाए। नक्कली राहदानी बनाएर उनी दक्षिण अफ्रिका गएका थिए।

सेनेगल प्रहरी र दक्षिण अफ्रिकी प्रहरीबीचको संयुक्त अभियानमा उनलाई पक्राउ गरिएको हो। पछि पुजारीलाई भारतको जिम्मा लगाइएको थियो।

उनी १५ वर्षदेखि फरार थिए। उनले दाउद इब्राहिमका लागि पनि काम गरेका थिए। उनी छोटा राजनसँग पनि जोडिएका थिए। उनले घरजग्गा व्यवसायी र बलिउड कलाकारलाई धम्की दिएर फिरौती असुल्ने गरेका थिए।


धनी बन्ने सपनाले ‘अन्डरवर्ल्ड डन’ बनेका दाउद इब्राहिम

यी अभिनेत्रीहरूका लागि धड्कियाे ‘अन्डरवर्ल्ड डन’काे मन

‘अन्डरवर्ल्ड डन’लाई ‘इसारा’ मा नचाएकी ममता कुलकर्णी 

प्रकाशित मिति: : 2023-12-22 20:00:00

प्रतिकृया दिनुहोस्