आईफोन विक्रीको विज्ञापन गरेर लाखौं ठग्ने गिरोहका नाइके पक्राउ

बिएल संवाददाता

काठमाडाै‌ं

सामाजिक सञ्जाल फेसबुकमा ग्याजेट विक्रीको सूचना राखेर लाखौं ठगी गर्ने गिरोहको मुख्य सदस्य पक्राउ परेका छन्। 

महानगरीय प्रहरी परिसर, ललितपुरको विशेष टोलीले आईफोन, घडी, मोबाइल लगायत सामग्री विक्री गर्ने गिरोहका नेपाल प्रमुख २८ वर्षीय अजय भनिने प्रमोद शाहलाई पक्राउ गरेको हो।

ललितपुर प्रहरीको आग्रहमा आइतबार पर्सास्थित प्रमोदको आईएमई सेन्टरमा पनि प्रहरीले छापा हानेको छ। 

शाहसँगै यसअघि उनका सहयोगी मेवालाल शाह तेलीलाई पनि प्रहरीले पक्राउ गरिसकेको ललितपुरकी एसएसपी किरण बज्राचार्यले जनाएका छन्। 

दुवै जनाविरुद्ध ठगी सम्बन्धी कसूरमा म्याद थप गरेर अनुसन्धान थालिएको छ। 

प्रकाशित मिति: : 2021-01-17 16:29:00

प्रतिकृया दिनुहोस्