कपिलसँग मनमुटाव छैन: ग्राेवर

सुनिल ग्रोवरले कपिल शर्मासँग मनमुटाव नभएकाे दाबी गरेका छन्। 

द कपिल शर्मा शोमा गुत्थीको उनको भूमिका निभाइरहेका ग्राेवर र शर्माबीच एक यात्राका बेला विमानमा फर्किरहेका बेला झगडा भएकाे थियाे।

त्यसपश्चात उनी सधैंका लागि कार्यक्रमबाट अलग्गिएका थिए । हालै बलिउड हंगामासँगको कुराकानीमा ग्रोवरले आफू कहिल्यै पनि शर्मासँग रिसाउन नसक्ने बताए । जब उनलाई यसबारे सोधियो तब उनले  भने, ‘उनी यति धेरै रमाइला छन् कि उनीसँग रिसाउनै सकिँदैन ।’ 

कपिलको कुन कुरा तपाईंलाई सबैभन्दा धेरै मनपर्छ भनेर सोधिएको प्रश्नमा उनले भने, ‘उनको प्रम्पटनेस ।’ 

प्रकाशित मिति: : 2021-01-19 14:39:00

प्रतिकृया दिनुहोस्