लाइसेन्सकाे फाराम माघ ९ गतेदेखि अनलिमिटेड हुने

बिएल संवाददाता

काठमाडाै‌ं

सवारी चालक अनुमतिपत्रको अनलाइन फाराम माघ ९ गते शुक्रबारदेखि अनलिमिटेड हुने भएको छ ।

विभागले हालसम्म अनलाइन फारम भर्दा लिमिटेड कोटा सिष्टम लागू गरेको थियो । यातायात व्यवस्था विभागले बिहीबार सूचना जारी गरि सेवाग्राहीको गुनासोलाई सम्बोधन गर्न कोटा अनलिमिटेड गरिएको जनाएको छ। 

कोरोनाका कारण रोकिएको सवारी लाइसेन्स गत पुस १४ गते विभागले पुनः शुरु गरेको थियो ।

तर कोटा सिष्टम लागू गर्दा सम्पूर्ण सेवाग्राहीले फारम भर्न सकेका थिएनन् । 

अनलाइन फारम भर्दा सेवाग्राहीले प्राप्त गर्ने एसएमएस सेवा प्राविधिक कारणले केही समय बन्द गरेको पनि विभागले बताएको छ ।

यो समयमा सेवाग्राहीले आफ्नो ‘दर्ता नम्बर’ सुरक्षित गरि सम्बन्धित कार्यालयमा तोकिएको मितिमा सम्पर्क गर्न व्यवस्था विभागले आग्रह गरेको छ ।
 

प्रकाशित मिति: : 2021-01-21 15:56:00

प्रतिकृया दिनुहोस्