नेकपा (प्रचण्ड)काे प्रदर्शन अगाडि जे देखियाे (तस्वीरहरु)

शनि शाक्य

काठमाडाै‌ं

संसद् विघटनवरुद्ध नेकपा (प्रचण्ड) ले विरोध प्रदर्शनका काठमाडौं उपत्यकामा सुरु भएकाे छ।

शुक्रबार बिहान बानेश्वरस्थित अर्पण पार्टीप्यालेसमा खाना खुवाउँदै विराेध प्रदर्शन सुरु गरिएकाे हाे। 

यस्तै विराेध प्रदर्शनका कारण उपत्यकाकाे ट्राफिक व्यवस्थापन अस्तव्यस्त बनेकाे छ । 

माइतीघर, डिल्लीबजार, लैनचौर, त्रिपुरेश्वर, कुपण्डोल, शान्ति बाटिका, त्रिचन्द्र र बाल्मिकी क्याम्पसबाट जुलुस निस्केका छन्। जसको नेतृत्व स्थायी कमिटी सदस्यहरुले गरेका थिए।

सबै जुलुस रत्नपार्कमा पुगेर मुल जुलुसमा सुरु हुनेछ, जसको नेतृत्व अध्यक्षद्धय पुष्पकमल दाहाल प्रचण्ड र माधवकुमार नेपाल सहितका शीर्ष नेताहरुे गर्नेछन्।

यो जुलस रत्नपार्क, पुतिलीसडक, भद्रकाली हुँदै भृकुटीमण्डपमा पुगेर सभामा परिणत हुनेछ। सभामा शीर्ष नेताहरुले सम्बोधन गर्नुका साथै आगामी आन्दोलनका कार्यक्रम समेत घोषणा गरिने संघर्ष समितिले जनाएको छ।

मूल सडकमात्र नभई भित्री सडकमा समेत ट्राफिक जाम भएपछि यात्रुहरुले सास्ती पाएका छन् ।

यसअघि १२ पुसमा प्रचण्ड समूहले भृकुटीमण्डप अगाडिको सडकमा विरोधसभा गरेको थियो ।

प्रचण्ड समूहले विरोधसभा एक लाख बढी कार्यकर्ता उतार्ने दाबी गरेको छ।

तस्वीरहरु : शनि शाक्य

प्रकाशित मिति: : 2021-01-22 11:50:00

प्रतिकृया दिनुहोस्