पुलिस क्लबकाे पहिलाे जित

बिएल संवाददाता

काठमाडाै‌ं

नेपाल पुलिस क्लबले राष्ट्रिय महिला लिगमा पहिलो जित हात पारेकाे छ। 

सातदोबाटोस्थित एन्फा कम्प्लेक्सको मैदानमा शुक्रबार भएकाे खेलमा चौदन्डिगढी नगरपालिकालाई ६–० ले हराउँदै पुलिसले दोस्रो खेलमा जित हात पारेकाे हाे।

पुलिसको जितमा रेखा पौडेलले र अमृता जैसीले समान २ तथा सृजना खड्का र निर्मला विक समान १ गोल गरेका थिए।

 रेखाले २८ औं मिनेटमा पहिलो गोल गरेकी थिइन्। अमृताले ४० औं मिनेटमा गोल गर्दै अन्तर दोब्बर पारिन्। 

४५औं मिनेटमा निर्मलाले गोल गर्दै पुलिसलाई अग्रतालाई ४–० बनाइन्।

८९औं मिनेटमा रेखाले व्यक्तिगत दोस्रो तथा टोलीका लागि पाँचौ गोल गरिन्।

प्रकाशित मिति: : 2021-01-22 17:09:00

प्रतिकृया दिनुहोस्