राजनीतिको परम्परागत भागबण्डामा रास्वपाको ‘चकचकी’
निर्मल खराल
विगत एक सातादेखि म्यान्मारमा चलिरहेको सेनाविरूद्धको आन्दोलनमा जनताहरूको उपस्थिति बढ्न थालेपछि आन्दोलनकारीमा उर्जा थपिएको छ।
आइतबार म्यान्मारको प्रमुख शहर रंगुन, मान्डले र राजधानी नेपिटोलगायत बाहिर पनि अल्पसंख्यक आदिवासीले जुलुस निकालेका छन्।
शहरमा प्रदर्शनकारीको बढ्दो उपस्थितिले जुन्ता सरकार थप दबाबमा देखिन्छ। प्रदर्शनकारीले आइतबार सैन्य ‘कू’ को विरोध गर्दै चुनावको नतिजालाई स्विकार गर्न तथा प्रजातन्त्रवादी नेत्री आङ सान सु कीलाई अविलम्ब रिहा गर्न आवाज उठाएका छन्।
रंगुनका प्रदर्शनकारीले चीन तथा अमेरिकी दुतावासमा प्रदर्शन गर्दै म्यान्मारमा प्रजातन्त्र पुर्नबहालीका लागि सहयोग गर्न अनुरोध गरेका छन्। उनीहरूले बेइजिङले सैन्य सत्तालाई समर्थन गरेको आरोप लगाए।
म्यान्मारकाे माेगाेकमा सैन्य 'कू'काे विराेधमा बुधबार हजारौं मानिस नारावाजी गरिरहेका थिए। उक्त विराेध प्रदर्शनमा नेपाली पहिचान झल्कने दाैरा-सुरुवाल र ढाकाटाेपी लगाएकाहरु पनि थिए।
गत साता म्यानमारको सेनाले त्यहाँको नागरिक सरकार अपदस्थ गरी सत्ता हत्याएको थियो । स्वघाेषित सरकार चलाउने सेनाविरुद्ध आन्दोलन गर्न नेपाली मूलका बर्मेली नागरिकहरू पनि परम्परागत नेपाली पाेशाकमा विराेधमा सामेल भएका छन्।
माेगाेक, नेपिटाे, रंगुन, माण्डले, मिचिना, टाउँजी, टमूलगायतका ठाउँहरूमा बर्मेली जनताकाे आन्दोलन जारी छ। माेगाेककाे आन्दोलनमा गाेर्खालीहरू पनि उत्रिएका छन्।
देशभरि जताततै सैन्य तानाशाही विरुद्ध विभिन्न पेशा, व्यवसायमा रहेकाहरू कामकाज नै छाडेर प्रदर्शनमा हाेमिएका छन्।
गोर्खालीहरूले देशको रक्षाका लागि छातिमा गोली खाएर गरिमामय इतिहास राखेको बर्मेली नेपाली वरिष्ठ पत्रकार तथा साहित्यकार ज्ञानबहादुर बगाले 'थापा'ले बताए।
पूर्खाको इतिहासलाई कायम राख्दै मातृभूमि म्यान्मारको रक्षा गर्नु गोर्खालीहरूको कर्तव्य भएको थापा बताउँछन्। म्यान्मारमा लगभग डेढ लाख नेपालीभाषीहरू रहेका छन्।
उनीहरू सडकबाटै 'सैन्य नजरबन्द'मा रहेकी 'नेशनल लिग फर डेमोक्रेसी पार्टी' सर्वोच्च नेत्री आङ सान सु कीकाे रिहाइको माग गरिरहेका छन्। गाेर्खालीहरू नै 'प्रजातन्त्र पुनःस्थापन' र 'स्वतन्त्रता' लागि सडकमा आउनुलाई कतिपय अर्थपूर्ण मान्छन्। किनकि, म्यान्मारमा गाेर्खालीहरूकाे इतिहास वीरतासँग जाेडिएकाे छ।
आन्दोलनमा सबै बर्मेली मानिसहरू मात्रै छैनन्। यहाँ त गाेर्खाली अर्थात् नेपालीभाषीहरू समेत सहभागी छन्। उनीहरू बर्मेली सेनाले अपहरण गरेको 'प्रजातन्त्र' र 'आमा सु की'लाई फिर्ता ल्याउन लागिपरेको बताउँछन्।
माेगाेक, मिचिना, टमू, रंगुन, याँगौं, नाउँछो, प्यिंउल्वींलगायतका स्थानमा नेपालीभाषी बर्मेलीकाे बाक्लो बस्ती रहेको छ। यी ठाउँहरूबाट सैन्य सरकारविरुद्ध एकजुट भएर बर्मेली नेपालीहरू सडक आन्दोलनमा उत्रिएका छन्।
सामाजिक संजालमा चर्काे विराेध गरेता पनि सडक प्रदर्शनमा आउने अपेक्षा थिएन। तर, नेपालीभाषी बर्मेलीहरू भने खुलेरै 'तानाशाही सेना'काे विपक्षमा लागेका हुन्।
म्यान्मारको सैन्य सरकार हिंसात्मक भइरहेको बर्मेली नेपाली रीना वाग्ले बताउँछिन्। देशको रक्षाका लागि चलाउँनुपर्ने गोली प्रजातन्त्रको रक्षाका लागि सडकमा आएका जनतालाई चलाएको उनले बताइन्। उनी भन्छिन्, 'रोजै आँशु मात्र लिएर घर फर्कन्थे भने आज खुनका आँशु लिएर घर फर्किएका छन्।'
उनीहरू प्रजातन्त्रवादी नेत्री आङ सान सु कीकाे पक्षमा सामाजिक संजालदेखि सडक जनप्रदर्शनसम्म देखिएरै लागेका छन्। प्रायः बर्मेली नेपालीहरू नेत्री सु कीलाई 'आमा' भनेर सम्बाेधन गर्ने गर्छन्।
राजनीतिको परम्परागत भागबण्डामा रास्वपाको ‘चकचकी’
अडानदेखि अवसानसम्मः परिवर्तनको कठघरामा पुराना दलहरू
प्रेम दिवस
ओलीलाई मतदान : ७६ जेनजीको हत्या अनुमोदन
आफ्ना ‘कपूत’हरूको आतंककारी कर्ममा मित्र राष्ट्रहरूलाई नजोडने कि?
के बालेन ओलीले भनेजस्तै 'फिरङ्गी' नै हुन् त ?
नेपालसँग अमेरिका बेखुशी, खुशी पार्न दुई सूचना जारी
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया