महिला लिगकाे दुई खेल स्थगित

बिएल संवाददाता

काठमाडाै‌ं

 राष्ट्रिय महिला लिग फुटबल अन्तर्गत भोलि तय भएको दुई खेल स्थगित भएको छ।

प्रतिबन्धित नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेकपाले नेता धर्मेन्द्र बाँस्तोला ‘कञ्चन’लाई प्रहरीले पक्राउ गरेको विरोधमा भोलि नेपाल बन्दको आह्वान गरेको छ।

यसै कारण दुई खेल स्थगित गरिएकाे अखिल नेपाल फुटबल संघ (एन्फा) ले जनाएकाे छ। स्थगित खेल आइतबार हुनेछ।

शनिबार पहिलो खेलमा त्रिभुवन आर्मी क्लब र वालिङ नगरपालिका भिड्ने तालिका रहेको थियो।

यस्तै दोस्रो खेलमा एपीएफ र विराटनगर नगरपालिकाबीचको खेल तय थियो।

प्रकाशित मिति: : 2021-01-22 17:20:00

प्रतिकृया दिनुहोस्