मधुका मौक्तिक मुक्तकहरू

फूलिसकेपछि झर्नु पर्छ
जन्मिसकेपछि मर्नु पर्छ
दुई दिने यो  जिन्दगीमा
केही न केही त गर्नु पर्छ

२)

दुराशाहरू छोड्न सक्नेले 
आफ्नो दम्भ तोड्न सक्नेले 
साँच्चै विश्व जितेको हुन्छ
सप्रेम दुईहात जोड्न सक्नेले

३)

संसारमा  सत्य छान्ने कहिले 
आत्मा निर्देशन मान्ने कहिले 
झूटै झूटको महाझुण्ड  भित्र 
आफू को हो ? जान्ने कहिले 

४)

केवल वनको फूल झै फुलेका छौँ
फर्किएर जाने गन्तव्य भुलेका छौँ
यथार्थ स्वरूपको विस्मृतिले  गर्दा 
पशुवत  नाङ्गो  भएर  डुलेका छौँ

५)

जीवन सित  मृत्यु  नाता गाँस्नै पर्छ साथी
मन  भित्रका  दुर्वासना   नाश्नै  पर्छ साथी
गएको  हिजो  र  आउने भोलिहरू विर्सेर
प्रसन्न  भई  आज  तिमी हाँस्नै पर्छ साथी
 

प्रकाशित मिति: : 2021-01-23 13:15:00

प्रतिकृया दिनुहोस्