बर्मेली नेपाली साहित्यकार विष्णु पन्थीका चार मुक्तक

विष्णु पन्थी

म्यान्मार

(१) सत्ता 
यहाँ मर्नु सुनिश्चित छ लोकमा जन्मिए पछि
पत्ता सफा हुनेगर्छ सत्ताकाल अन्मिएपछि
गए हेर सबै छाडि मै हूँ भन्नेहरू कता
तर सुन्छ कहाँ कसको शक्तिले गम्किएपछि

(२) विविधता
बाठाले हुल्दछन् सारा जीवनमा चाहिने कुरा
बलशाली गर्दछन् सेखी देखाई दुई पाखुरा 
धनी धुर्त्याईंमा लाग्छन् कमाउन धन सम्पत्ति
सधैं हेपाइमा पर्छन् सोझा साधा अनि लुरा

(३) नीति-न्याय
जब पर्छ नीति न्याय कर्ताको षडयन्त्रमा
भन्छन् यस्तो हुनेगर्छ तत्कथित् गणतन्त्रमा
जान्नेलाई हो श्रीखण्ड लिन्छन् आनन्द खेलको
नजान्नेलाई खुर्पा-बींड् पाउँदैनन् भेद मन्त्रको

(४) कस्तो भाग्य ?
पढ्नभने चाहेकै थिएँ पाठ सरल भएन
हिउँ पर्नाले जम्यो पानी पिउन तरल भएन
बाँच्न भन्दा मर्न निको भन्ने ठान्यो मनले
तर भाग्य पनि कस्तो ? खान गरल भएन

प्रकाशित मिति: : 2021-01-23 14:49:00

प्रतिकृया दिनुहोस्