वर्षमान सहभागी कार्यक्रममा स्कुले विद्यार्थी प्रयोग गरेकोमा अखिलको आपत्ति

Breaknlinks
Breaknlinks

पूर्वमन्त्री वर्षमान पुन सहभागी घर्तीगाउँको सभामा स्कुले विद्यार्थीको दुरुपयोग गरिएकोप्रति अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी यूनियन (अनेरास्ववियू) रोल्पाले आपत्ति जनाएको छ।

अनेरास्ववियू रोल्पाका सहसंयोजक प्रकाश बुढामगरले विज्ञप्तिमार्फत राजनीतिक दलका सभा/समारोहमा स्कुले विद्यार्थीलाई उर्दी जारी गरेर कार्यक्रममा लिएकोमा घोर भर्त्सना गरेका छन्।

प्रधानमन्त्री केपी शर्मा ओलीको संसद विघटन गर्ने निर्णयको विरोध गर्ने नाममा कृष्ण मावि घर्तीगाउँका विद्यार्थीलाई शुक्रबार स्कुले पोशाकसहित दुरुपयोग गरिएको थियो।

संसद पुनर्स्थापनाको माग गर्दै सडक आन्दोलनमा उत्रिएको नेकपा प्रचण्ड समूहका नेता तथा पूर्वमन्त्री वर्षमान पुनकै सभामा गरिएको यस्तो कार्यप्रति यूनियनले कडा आपत्ति जनाएको हो।

संविधानमा उल्लेख भएको शिक्षामा बालबालिकाको नैसर्गिक अधिकार हुनेगरी विद्यार्थी दुरुपयोग गरेकोमा अनेरास्ववियूले सम्बन्धित निकार्यमा गम्भीर ध्यानाकर्षण गराएको छ।

राजनीतिक विरोधको नाममा रोल्पामा फेरि कलिला विद्यार्थीको प्रयोग (भिडियाेसहित)

प्रकाशित मिति: : 2021-01-23 15:13:00

प्रतिकृया दिनुहोस्