अदालतले फैसला ढिलाे गरे निर्वाचन पछाडि सर्छ : गृहमन्त्री थापा 

गृहमन्त्री रामबहादुर थापाले प्रतिनिधिसभा विघटनकाे मुद्दामा अदालतले फैसला ढिलो गरे निर्वाचन पछाडि सर्न सक्ने बताएका छन्।

पार्टी कार्यक्रम सम्बाेधन गर्न कालिकाेट पुगेका थापाले प्रतिनिधिसभा विघटन मुद्दा अदालतमा विचाराधीन रहेकाले निर्वाचन विषय अदालतको फैसलामा भर पर्ने बताए। 

'वैशाखमा निर्वाचनमा हुन्छ कि हुँदैन भन्ने विषय अदालतको फैसलामा भर पर्छ। तर पनि वैशाखमा चुनाव गराउनलाई सरकार तयार छ'  उनले भने, 'निर्वाचन आयोग, सुरक्षा निकायले सबै तयारी गरिरहेका छन्। अदालतको फैसला कुरिरहेका छौं।' 

उनले नेकपा दुई भागमा विभाजन भएको र हिजोको निर्वाचन आयोगको निर्णयले विगतको पार्टीलाई आधिकारिकता दिएका कारण आगामी निर्वाचनमा चुनाव चिह्न र पार्टीका विषयमा कानूनी जटिलता आउन सक्ने उनले बताए। 

यसैबीच, गृहमन्त्री थापा कालिकोट पुग्दा प्रचण्ड–नेपाल समुहका नेकपाका नेता–कार्यकर्ताले विरोध गरेका छन्। नेकपा विभाजनपछि सरकारका मन्त्रीहरु सरकारी कामभन्दा पार्टीका गतिविधिमा बढी सक्रीय बन्दै गएका छन्। 

प्रकाशित मिति: : 2021-01-25 20:19:00

प्रतिकृया दिनुहोस्