दुई फरार अभियुक्तसहित तीन पक्राउ

जिल्ला प्रहरी कार्यालय बाँकेले दुई फरार अभियुक्तसहित ३ जनालाई पक्राउ गरेको छ। 

चोरी र बहुविवाह मुद्धामा जिल्ला अदालत बाँकेबाट कैद र जरिवाना तोकिएका दुई जनासहित एक जनालाई ब्राउनसुगर सहित पक्राउ गरेको हो। 

कार्यलयले एक सूचना जारी गर्दै चोरी मुद्धामा फरार रहेका पुरुष र बहु विवाह मुद्धामा फरार रहेकी महिलालाई पक्राउ गरिएको जानकारी दिएको छ। 

चोरी मुद्धामा पक्राउ पर्ने जिल्ला अदालत बाँकेबाट २०७७ कार्तिक २२ गते १ वर्ष ११ महिना ०३ दिन कैद र २० हजार जरिवाना तोकिएका जानकी गाउँपालिका वडा नम्बर २ का ५१ वर्षीय मातादिन कादु रहेकी छन्। 

यस्तै  बहु विवाह मुद्धामा जिल्ला अदालत बाँकेबाट २०७७ कार्तिक २० गते  ११ महिना १२ दिन कैद सजाय तोकिएकी बाँके खजुरा गाउँपालिका  वडा नम्बर २ उदरापुरकी २१ वर्षीया विना कुमारी रहेकी छन्।

जिल्ला प्रहरी कार्यालयका प्रमुख एपसी ओमबहादुर रानाका अनुसार  बाँकेमा फरार अभियुक्त पक्राउ गर्ने अभियान अन्तर्गत हालसम्म ५ सय १२ जना फरार प्रतिवादीहरु पक्राउ परेका छन्।

यसैगरी इलाका प्रहरी कार्यालय जमुनाहबाट खटिएको टोलीले कोहलपुर नगरपालिका ५ रझेना बस्ने २२ वर्षीय होम बहादुर सार्कीलाई पक्राउ गरेको छ। 

मंगलबार बाँके राप्ती सोनारी गाउँपालिका वडा नम्बर १ सडक बाटोमा अबैध रुपमा ना ६ ख १००३ नम्बरको ट्रकमा गोरुहरु लोड गर्ने क्रममा ईलाका प्रहरी कर्यालय कुसुमबाट खटिएको प्रहरी टोलीले नियन्त्रणमा लिई आवश्यक कारवाहीको लागी भन्सार कार्यालय नेपालगंज बाँकेमा पठाइएको जिल्ला प्रहरी कार्यालय बाँकेले जनाएको छ।

प्रकाशित मिति: : 2021-01-26 15:08:00

प्रतिकृया दिनुहोस्