पूर्वाधारविनै थपिँदै बीओपी: सीमा सुरक्षा गर्न कतै पालमुनि बास, कतै माइनस २० डिग्रीमा ड्युटी !

गगन अर्याल

काठमाडाैं
Breaknlinks
Breaknlinks

सीमा सुरक्षाका लागि पछिल्लो समय चीन र भारतका सिमानामा बोर्डर आउट पोस्ट (बीओपी) स्थापनाको काम धमाधम भइरहेको छ ।

कोरोना महामारी शुरू भएयता चीन तर्फका सिमानामा ७ र भारततर्फ ७० गरी ७७ वटा बीओपी स्थापना भएका छन् ।

यससँगै दुवैतर्फ गरी सशस्त्र प्रहरीको बीओपीको कुल संख्या १९७ पुगेको छ ।

पछिल्लो समय कालापानी र लिपुलेकको विषयलाई लिएर भारतसँग विवाद बढ्दै गएपछि नेपालले आफ्नो सीमा सुरक्षाका लागि बीओपीको संख्या ५ सय पुर्‍याउने निर्णय गरेको थियो ।

त्यसमध्ये १८ वटा बीओपी चीनतर्फ र बाँकी भारततर्फको सीमामा स्थापना गर्ने सरकारी लक्ष्य छ ।

नेपालको सबैभन्दा होचो भूभाग रहेको जिल्ला झापादेखि उच्च हिमाली भू–भागसम्म सीमा क्षेत्रमा बीओपी स्थापना गरेर सशस्त्र प्रहरीले आफ्ना कर्मचारीलाई सीमा सुरक्षामा खटाएको छ ।

‘नेपाल सरकारको लक्ष्यअनुसार दक्षिणी सिमानादेखि उत्तरको उच्च हिमाली सीमासम्म अहिले २४ सै घण्टा ड्यूटीमा खटिने गरी हामीले सुरक्षा बल खटाएका छौं,’ सशस्त्र प्रहरीका प्रवक्ता प्रहरी नायब महानिरीक्षक (डीआईजी) राजु अर्यालले भने, ‘उत्तरी क्षेत्रमा निकै चिसोका बावजुद पनि हामीले हाम्रा फौजलाई देशको सुरक्षाका निमित्त उच्च मनोबलका साथ खटाएका छौं ।’

चीनको सिमानामा सबैभन्दा पहिलो बीओपी संखुवासभाको भोटखोला गाउँपालिका – १ किमाथांकामा ३२ सय मिटरको उचाइमा २०७६ पुस २९ गते स्थापना भएको थियो । २०७७ कात्तिक २७ गते प्रधानमन्त्री केपी शर्मा ओलीले उद्घाटन गरे ।

प्रकाशित मिति: : 2021-01-26 16:41:00

प्रतिकृया दिनुहोस्