टेस्ट क्रिकेटको १४३ वर्ष लामो इतिहासमा नयाँ कीर्तिमान

टेस्ट क्रिकेटको १ सय ४३ वर्ष लामो इतिहासमा पहिलो पल्ट एउटै इनिङमा झरेको १० विकेट सुरुमा तीब्र बलर र त्यसपछि स्पिनरले लिएका छन्। 
श्रीलंका र इंग्ल्याण्डबीच गालेमा खेलिएको टेस्टमा श्रीलंका पहिलो इनिङमा ३ सय ८१ रनमा अलआउट भएको थियो।

यसमा इंग्ल्याण्डका बलर जेम्स एण्डरसनले ६, मार्क उडले ३ र साम करेनले एक विकेट लिएका थिए। यी सबै तीब्र बलर हुन्। दोस्रो इनिङमा श्रीलंका १ सय २६ रनमा सिमित भयो। यतिबेला श्रीलंकाको सबै विकेट स्पिनरले लिएका थिए।

स्पिनर डम बेस र ज्याक लिचले ४–४ तथा कप्तान जो रुटले २ विकेट आफ्नो नाममा लेखाएका थिए। घरेलु श्रीलंका दोस्रो इनिङमा छिट्टै आउट भएपछि इंग्ल्याण्डलाई जितका लागि १ सय ६४ रन मात्र आवश्यक थियो, जसलाई उसले ४ विकेट गुमाएर पुरा गर्यो। कप्तान रुट म्यान अफ दि म्याच घोषित भए।

प्रकाशित मिति: : 2021-01-27 06:33:00

प्रतिकृया दिनुहोस्