नेपालमा कोरोना खोप अभियान आजदेखि सुरु

बिएल संवाददाता

काठमाडाै‌ं

कोरोना भाइरसविरुद्धको खोप अभियान आजदेखि नेपालमा सुरु हुदैछ। 

प्रधानमन्त्री केपी शर्मा ओलीले आज विहान १० बजे बालुुवाटारबाट भर्चुअल रुपमा एकैपटक खोप अभियान सुरु गर्दैछन्।

सरकारले पहिलो चरणमा अग्रमोर्चामा खटिनेहरुलाई खोप लगाउँदै छ। आज काठमाडौंका ११ वटा अस्पतालबाट एकैपटक खोप अभियान सुरु गर्ने कार्यक्रम रहेको छ। 

सुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पताल टेकुु, वीर अस्पताल, पाटन अस्पताल, त्रिवि शिक्षण अस्पताल महाराजगञ्ज, भक्तपर अस्पताल, काठमाडौं मेडिकल कलेज जोरपाटी, आयुर्वेद अनुुसन्धान तथा तालिम केन्द्र अस्पताल कीर्तिपुर, परोपकार प्रसूति तथा स्त्री रोग अस्पताल थापाथली, सहीद धर्मभक्त अंग प्रत्यारोपण केन्द्र भक्तपुर, शसस्त्र प्रहरी अस्पताल बलम्बुु र सहीद गंगालाल अस्पातल बाँसबारीका स्वास्थ्यकर्मीले पहिलो चरणको खोप लगाउँदै छन्।

स्वास्थ्यकर्मी, खोप केन्द्रमा खटिनेहरु, एम्बुलेन्स चालकहरु, शव व्यवस्थापनमा खटिनेहरु र सरसफाईकर्मीलाई खोप लगाउँदै छ। सरकारले आगामी दश दिनमा सबै जिल्लमा कोरोना खोप पु-याउँने बताएको छ।

प्रकाशित मिति: : 2021-01-27 08:28:00

प्रतिकृया दिनुहोस्