
दिगाे
श्रमिकले बनाएको
महलमा बस्ने तँ
त्यही मजदुरको टाउकोमा
किला ठोक्ने तँ
दलाल होस्, सामन्ती होस्
कहिलेसम्म दबेर बस्नु म
तेरो त्यो ज्यादतिको विरुद्ध
एकजुट हुन्छौँ
तेरा ती शोषणकारी भर्याङहरु
भत्काउँदै भत्काउँदै
तेरो शासन गर्ने महलसम्म पुग्छौँ
पुकार तेरो कालोबजारी गर्ने
धार्मिकताको खोललाई
यही अस्त्र प्रयोग गरेर
तैँले हामीलाई सदिऔँसम्म
दबाएको होस् नि
भत्काउँछौ तेरा धार्मिक पर्खालहरु
निर्माण गर्छौँ श्रमिक र मजदुरलाई
न्याय हुने संस्कृति
तैँले जसलाई
पोषण गरेको छस् नि
पुँजीवाद नामको साँढे
ढाल्छौँ तेरो राज्य सत्ता
बनाउँछौँ संसारभर
श्रमिकहरुको पक्षमा उभिने
समाजवाद हुँदै साम्यवादसम्म पुग्ने
नास्तिक अनि असली कम्युन सत्ता
गृहमन्त्री होइन प्रधानमन्त्री राजीनामा देऊ
प्राकृतिक सुन्दरतासँग रमाउदै छायाँनाथ यात्रा (भाग- २)
शान्त प्रदीप्त चेतनको आगोः साधना अधिकारी (प्रधान)
देउवाका विश्वासपात्रहरू पुनः सभापति हुन उक्साउँदै
प्राकृतिक सुन्दरतासँग रमाउदै छायाँनाथ यात्रा
बलपूर्वक बेपत्ता पारिएका व्यक्तिको अन्तराष्ट्रिय दिवसः न्यायको आशा न भरोसा!
बहुविवाहको व्यवस्था: श्रीमती ठग र यौन चोरको वैधता
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया