'सेटिङ' कार्यकर्ता आश्वास्त पार्ने 'ओली अस्त्र' : उब्जियो संवैधानिक निकायहरुमाथि आशंका

पहिलोपोष्ट

काठमाडाै‌ं
Breaknlinks
Breaknlinks

काठमाडौं : 'केपी ओली र ओलीका मान्छेले सेटिङ मिलाइसकेका छौँ भन्ने गरेका छन्। उनीहरुले भन्ने गरेको सेटिङलाई जनताले भत्काएर नयाँ सेटिङ जनताको पक्षमा खडा गर्ने छन्। उनीहरुका प्रतिगामी सेटिङ भत्काएर जनताको सेटिङ खडा हुन्छ,' नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का एक अध्यक्ष पुष्पकमल दाहाल 'प्रचण्ड'ले माघ ९ गत काठमाडौंमा आयोजित विरोधसभामा भनेका थिए, 'आज काठमाडौंका सडकमा उर्लेको जनसागर हाम्रो अदालतले पनि देख्छ। निर्वाचनले पनि देख्छ। यो उपस्थितिले जनताको जित सुनिश्चित गरेका छन्।'

अहिले शहरदेखि गाउँसम्म, अड्डा अदालतदेखि सडकसम्म चर्चामा रहेको शब्द हो 'सेटिङ'। प्रधानमन्त्री केपी शर्मा ओलीले प्रतिनिधिसभा विघटन गरेपछि अहिले देश राजनीतिक अस्थिरताको यात्रामा छ। राजनीतिक अस्थिरतासँगै नेपाली राजनीतिको ठूलो हिस्सा प्रतिनिधिसभा विघटनको निर्णयविरुद्ध सडकमा छ। अर्कातिर नेकपाको प्रधानमन्त्री ओली नेतृत्वको एउटा गुट त्यसको बचाउमा शक्ति प्रदर्शन गर्दै देशभर हिँडिरहेको छ।

वैधानिक रुपमा नेकपा विभाजन नभए पनि अहिले दुई फरक मञ्चमा परस्पर विरोधी कार्यक्रम भइरहेको छ नेकपाको। एउटा मञ्चमा कालो ब्यानर देखिन्छ। अर्को मञ्चमा ओलीको फोटोसहितको ब्यानरमा कार्यक्रम भइरहेको छ। सडकमा उस्तै तर फरक नारा घन्किन्छन्। एउटा 'ओली तिम्रो पाराले दु:ख पाए साराले' र अर्को 'प्रचण्ड तिम्रो पाराले दु:ख पाए साराले'। यी दुवै नाराबाजीमा एउटै झन्डा र निर्वाचन चिन्ह देखिन्छ। फरक यति हो, नेकपाका मन्त्री कतै पुग्दा कालो झण्डाको सामना गर्नुपर्छ।

चर्का नारा लगाउने प्राय: नेकपाकै कार्यकर्ता हुन्। तर उनीहरुले एउटा नेतृत्वलाई हिरो र अर्को नेतृत्वलाई जिरो बनाउन न्वारन देखिको बल लगाइरहेका छन्।

अहिले प्रतिनिधिसभा विघटनको मुद्दा बहसकै क्रममा छ सर्वोच्चमा। संवैधानिक इजलासमा निवेदकका पक्षबाट बहस जारी छ। अर्कोतिर अदालतदेखि निर्वाचन आयोगसम्म सेटिङको चर्चा चोकचोकमा हुने गर्छ।

‘हामीले सेटिङ गरेका छौँ। सबै निर्णय हाम्रो पक्षमा आउँछ,’ ओली समूहका नेताहरु कार्यकर्तालाई यसरी विश्वास दिलाउन लागि परेका छन्- 'अदालतले प्रतिनिधिसभा विघटनलाई सदर गरिदिन्छ। निर्वाचन आयोगले नेकपा र सूर्य चिन्ह हामीलाई नै दिन्छ।'

प्रकाशित मिति: : 2021-01-27 09:05:00

प्रतिकृया दिनुहोस्