बञ्चरो प्रहार गरी श्रीमतीकाे हत्या

बन्चरो प्रहार गरी सिन्धुलीमा एक जनाले श्रीमतीको हत्या गरेका छन्।

जिल्ला प्रहरी कार्यालय सिन्धुलीका अनुसार हरिहरपुरगढी  गाउँपालिका–१ चिसापानीका ४४ वर्षीय शेरबहादुर भुजेलले गएको ९ गते बन्चरो प्रहार गरी श्रीमती रमामाया घलानको हत्या गरेका हुन्। 

बन्चरो प्रहारबाट गम्भीर घाइते घलानलाई उपचारका लागि चुरे हिल अस्पताल मकवानपुरमा लगिएको र त्यहाँ उपचार हुन नसकेपछि थप उपचारका लागि भरतपुर अस्पताल लैजाँदै गर्दा बाटोमा मृत्यु भएको प्रहरीले जनाएको छ।

श्रीमतीमाथी बन्चरो प्रहार गरी फरार भएका शेरबहादुरलाई काभ्रेको बनेपाबाट पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय सिन्धुलीका प्रवक्ता डिएसपी श्यामबादुर खत्रीले बताए।

पक्राउ परेका शेरबहादुरलाई प्रहरी थुनामा राखि आवश्यक अनुसन्धान अघि बढाइएको प्रवक्ता खत्रीले बताए। 
 

प्रकाशित मिति: : 2021-01-28 10:11:00

प्रतिकृया दिनुहोस्