‘कसैले जित्ने वा हार्ने होइन, न्याय मार्ने काम भइरहेको हेक्का होस्’
हिमाल खबर
चीनले सधैं भन्दै आएको छ- हामीलाई हिमाल, पहाड र नदीनालाले जोडेको छ। प्राकृतिक सम्पदाले जोडिएको यो सम्बन्ध अब जनस्तरसम्म ल्याएर भावनात्मक बनाउनु दुवै देशको काम हो।
प्रातः भ्रमणमा निस्किएका वेला चिनियाँ बूढापाकाले सोधिरहन्छन्, “तिमी कुन देशका हौ?” नेपाली भन्ने थाहा पाएपछि अनुहार उज्यालो बनाउँदै भनिहाल्छन्, “ओहो त्यो सुन्दर र सानो देश! सिचाङको छेउमै रहेको हाम्रो छिमेकी मुलुक।”
चिनियाँहरू तिब्बतलाई सिचाङ भन्छन्। नेपालबारे बोल्दा प्रायः चिनियाँको साझ लहजा हुन्छ, “संस्कृतिले भरिपूर्ण देश अनि हँसिला मानिसहरू।”
बूढो पुस्ताका चिनियाँहरू अहिले पनि राजा वीरेन्द्रलाई सम्झ्न्छन्। वीरेन्द्रले १० पटक चीनको भ्रमण गरेका थिए। त्यसैले पनि उनीहरूले राम्ररी चिन्ने र सम्मान गर्ने नेपाली नेतामा वीरेन्द्रको नाम अग्रभागमा आउने गर्छ।
१२ जनवरी २०१८ मा चिनियाँ कम्युनिष्ट पार्टीको अन्तर्राष्ट्रिय विभागले आयोजना गरेको रात्रिभोजमा म ढाका टोपीमा ठाँटिएर गएको थिएँ। त्यो देखेरै थुप्रै चिनियाँ नेता र विदेशी कूटनीतिज्ञहरू मसँग झ्याम्मिए। चिनियाँ नेताहरूले सन् १९७८ मा तत्कालीन चिनियाँ वरिष्ठ नेता तङ स्याओफिङले नेपाल भ्रमण गर्दा नेपाली टोपी उपहार पाएका थिए। तङले नेपाली टोपी लगाएको फोटो चीनमा अहिले पनि लोकप्रिय रहेको बताएपछि बल्ल मैले ढाका टोपीको महत्त्व थाहा पाएँँ।
‘कसैले जित्ने वा हार्ने होइन, न्याय मार्ने काम भइरहेको हेक्का होस्’
यसरी त कसरी चल्ला र देश ?
‘अब मैले बाबाको मन जित्नुछ’
रविको मुद्दा- बालेनको ‘लिटमस' टेस्ट
संक्रमणकालीन न्यायः नयाँ सरकार, पुरानो समस्या, दुखिरहने द्वन्द्वको घाउ
दीपक भट्टसँग शेखर गोल्छाको पनि कनेक्सन, अनुसन्धान ‘प्रभावित’ पार्न राजनीतिक लबिङमा
बालेनको अबको ‘लेन’!
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया