आयल निगमका कर्मचारीकै मिलेमतोमा एक वर्षदेखि तेल चोरी

नेपाल लाइभ

काठमाडाैं

काठमाडौं- नेपाल आयल निगम (एनओसी) र इन्डियन आयल कर्पोरेसन –आईओसी) का कर्मचारीसँग मिलेर दुई वटा तेल ट्याकंरले एक वर्षदेखि तेल चोरी गरेर बेच्दै आएको प्रहरी अनुसन्धानबाट खुलेको छ। 

नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआइबी)ले गरेको दुई महीना लामो अनुसन्धानबाट निगमका कर्मचारीकै मिलेमतोमा विगत एक वर्षदेखि तेल चोरी भइरहेको खुलेको हो।

ट्याकंर चालकबाट सुरु भएको अनुसन्धानले नेपाल आगल निगमका कर्मचारीदेखि इन्डियन आयल कर्पोरेशन (आईओसी) का कर्मचारी, ट्याकंर कम्पनीका कर्मचारीसम्मको मिलेमतो रहेको पाइएको सिआइबीका निर्देशक, डीआइजी सहकुलबहादुर थापाले बताए। 

वीर वेताल आशिर्वाद प्रालिको ना ७ ख २९९५ नम्बरको ट्यांकरका चालक, बाराको जितपुर सिमरा उपमहानगरपालिका–२१ का ३५ वर्षीय अजय लामा, ना ७ ख ३६९६ ट्याकंरका चालक, अजयका भाइ २८ वर्षीय दिपेश भन्ने विकेश लामाबाट तेल चोरी भएको आशंकामा सिआइबीले अनुसन्धान सुरु गरेको थियो। अनुसन्धानले त्यसमा निगमकै कर्मचारीको मिलेमतो देखाएको हो।

चालक दाजुभाइसँगै पर्साको विन्दवासिनी गाउँपालिका–४, मधवल बस्ने बर्ष ४४ का मुन्सी भन्ने उमेश कुमार पाण्डेय (वीर वेताल आशिर्वाद प्रालिका सहायक ब्वस्थापक), बाराको जितपुर सिमरा–२१ का २३ वर्षीय प्रताप वहादुर पुलामी मगर (ना७ ख ३६९६ नम्बरको ट्यांकरका सहचालक), चितवनको राप्ती नगरपालिका–४, भवानीपुर बस्ने बर्ष १९ का पुड्के भन्ने राज परियार (ना ७ ख ३६९६ नम्बरको ट्यांकरका सहचालक), बाराको जितपुर सिमराका २३ वर्षीय संजित परियार (ना ७ ख २९९५ नम्बरको ट्यांकरका सहचालक), नेपाल आयल निगमको वीरगञ्ज शाखामा सहायक प्रबन्धक रहेका रंजित कापरी (क्यालिब्रेशन जाँच गर्ने) लाई प्रतिवादी बनाउँदै मुद्दा दर्ता गरिएको छ।

प्रकाशित मिति: : 2021-01-28 11:11:00

प्रतिकृया दिनुहोस्