प्रसिद्ध हास्य अभिनेत्री क्लोरिस लिचम्यानको बुधबार उनकै निवासमा निधन भएको छ।
सन् १९४२ देखि हालसम्म अभिनयमा सक्रिय लिचम्यानलाई उनको हास्य प्रधान अभिनयको लागि स्मरण गरिन्छ।
८२ वर्षीय लिचम्यानले ‘डान्सिङ्ग विथ द स्टार्स’ नामक रियालिटी सोमा गरेको नृत्य देखेर नौजवान नर्तक र नर्तकीहरु अच्च्मभित भएका थिए।
३० अप्रिल १९२६ को दिन डेस मोनिस, आयोबामा जन्मेकी अभिनेत्री लिचम्यानले अभिनय गरेका केहि हिट सिनेमाहरुमा अमेरिकन गड्स, स्काई हाइ, द वुमन, मिसेज ह्यारिस, क्रेजी मामा आदि हुन्।
जीवनकालमा दुई सय ८७ सिनेमामा अभिनय गरेकी अभिनेत्री लिचम्यानको रिलिज हुन् बाँकी सिनेमाहरुमा हाइ होलिडे र नट टु फर्गेट रहेका छन्, जुन यो बर्ष रिलिज हुने तरखरमा थियो।