गायक खेम सेन्चुरीको गीत ‘उखु गुलियो’ सार्वजनिक भएको छ।
बिहिवार गायक सेन्चरीको जन्मदिनको अवसरमा गीतको भिडियो सार्वजनिक गरिएको हो।
सो कार्यक्रममा विभिन्न कलाकार र पत्रकारको सहभागिता रहेको थियो।
कलाकार नारायण रायमाझीेले गीतको सफलताको शुभकामना दिँदै भने, 'पछिल्लो समय लोकगीतमा नयाँ कलाकारले मौलिकतामा ध्यान दिएर उत्कृट गीत बनाउँदै गएको देख्दा अत्यन्त खुशी लागेको छ।’
चन्द्र शर्मा र जानुका तामाङको स्वर रहेको सो गीत नेत्र अर्यालले लेखेका हुन्। उक्त भिडियोमा खेम सेन्चुरीसँगै अञ्जली अधिकारी, करिष्मा ढकाललगायतको अभिनय रहेको छ।