सानोमा नाम परिवर्तन गरेर स्कुल जाने गर्थिन् श्रुति हसन

दक्षिण भारतकी सुपरस्टार कमल हसन र अभिनेत्री सारिकाकी छोरी श्रुति हसन ३५ वर्षमा प्रवेश गरेकी छिन्। यस अवसरमा उनले बाल्यकालको एउटा घटना सार्वजनिक गरेकी छिन्। 

श्रुतिले ४ वर्षको उमेरमै ‘चाइल्ड आर्टिस्ट’ को भूमिकामा फिल्ममा काम गरेकी थिइन। उनले बुवा कमलद्धारा निर्देशित फिल्म ‘हे राम’ मा सानो भूमिका निर्वाह गरेकी थिइन। उनले हिन्दीबाहेक तेलुगु र तमिल फिल्ममा पनि काम गरेकी थिइन।

सानोमा स्कुल जाँदा उनले आफ्नो नाम परिवर्तन गरेकी थिइन। स्कुलमा काम गर्ने अन्य केटाकेटी, अभिभावक तथा शिक्षकहरूले उनलाई नचिनुन् भनेर नाम परिवर्तन गरिएको थियो।

श्रुति अभिनयका साथै गीत पनि गाउने गर्छिन। उनले २०११ मा रिलिज भएको तेलुगु फिल्म ‘अनागनागा ओ धीरुडु’ र तमिल फिल्म ‘७ ओम अरिवु’ बाट फिल्मफेयर अवार्ड जितेकी थिइन। उनी फिल्मफेयरमा उत्कृष्ट प्लेब्याक सिङ्गरको मनोनयनमा पनि परेकी थिइन। सन् २००९ मा उनले ‘द एक्सट्रामेन्टल्स’ को नामबाट आफ्नो छुट्टै संगीत ब्याण्ड पनि खोलेकी थिइन।

श्रुतिको जन्म तमिलनाडुको चेन्नईमा २८ जनवरी १९८६ मा भएको थियो। श्रुति कमल हसनको जेठी छोरी हुन्। कमल र सारिकाले १९८८ मा बिहे गरेका थिए। कमलले पहिलो श्रीमती वानी गनपथीलाई पारपाचुके गरेपछि सारिकासँग बिहे गरेका हुन्।

प्रकाशित मिति: : 2021-01-29 16:21:00

प्रतिकृया दिनुहोस्