धनुषामा पुरुषको शव फेला

धनुषामा एक पुरुषको शव फेला परेको छ।

शनिवार धनुषाधाम गरपालिका वडा नम्बर ९ स्थित धारापानी चौकको सार्वजनिक बस पार्किङमा ३० वर्षीय विजय  नेपालीको शव फेला परेको हो।

इलाका प्रहरी कार्यालय ढल्केबरको प्रारम्भिक अनुसन्धानअनुसार अत्यधिक मदिरा सेवन र चिसोका कारण उनको मृत्यु हुन सक्ने अनुमान गरिएको छ ।

रातो ज्याकेट, पाइन्ट र जुत्ता लगाएको अवस्थामा नेपालीको शव भेटिएको प्रहरी निरिक्षक तिर्थ कार्कीले जानकारी दिए। मृतक भने भोजपुर जिल्ला टेमके गाउँपालिका वडा नम्बर ८ का हुन।

प्रकाशित मिति: : 2021-01-30 16:34:00

प्रतिकृया दिनुहोस्