सालाह चम्केपछि लिभरपुल प्रिमियर लिगको तेस्रो स्थानमा 

सात खेलपछि मोहम्मद सालाहले दुई उत्कृष्ट गोल गरेसँगै लिभरपुल इंग्लिस प्रिमियर लिगको तेस्रो स्थानमा उक्लिएको छ।

आइतबार राती वेस्ट हामलाई उसैको मैदानमा १–३ गोलले पराजित गर्न सालाहले ५७ र ६८ मिनेटमा गोल गरे। पहिलो हाफको खेल बराबरीमा टुँगिएको अवस्थामा सालाहले सुरुवाती दुई गोल गर्दै भ्रमणकारी टोलीको जितलाई सुनिश्चित पारिसकेका थिए। चोटका कारण यस खेलमा साडियो मानेलाई पूर्ण विश्राम दिइएको थियो। रोबेर्टो फिर्मिनो भने अतिरिक्त खेलाडीको रुपमा ६९ मिनेटपछि मैदानमा देखा परे। उनले जर्जिनिओ विनाल्डमलाई ८४ मिनेटमा गोलका लागि मौका मिलाइदिएका थिए।


वेस्ट हामका लागि एक मात्र सान्तोना गोल ग्रेग डाउसनले गरे। लिभरपुलले लन्डनमा चार दिनमो लगातार दोस्रो जित निकालेको हो। हाल यो क्लबले २१ खेलमा ४० अंकका साथ आफूलाई तेस्रो स्थानमा उकालेको छ। शीर्ष स्थानमा रहेको म्यानचेस्टर सिटीको २० खेलमा ४४ अंक छ। दोस्रोमा रहेको म्यानचेस्टर युनाइटेडको भने २१ खेलमा ४१ अंक छ।

प्रकाशित मिति: : 2021-02-01 08:28:00

प्रतिकृया दिनुहोस्