कमेडियन कपिल शर्मा बने दोस्रो बच्चाको बुवा

कमेडियन कपिल शर्मा दोस्रो बच्चाको बुवा बनेका छन्।

उनको श्रीमती गिन्नथी चतरथले सोमबार बिहान छोरालाई जन्म दिइन। यसको जानकारी कपिलले आफ्नो सोसल मिडिया साइटबाट दिएका छन्।

उनले समर्थकहरुको प्रेमका लागि धन्यबाद भनेका छन्। सन् २०१९ मा कपिलको छोरी अनायराको जन्म भएको थियो। 

कपिले बिहान साढे ५ बजे पोस्ट सेयर गर्दै लेखेका छन्, ‘नमस्कार, आज बिहान हाम्रो घरमा छोराले जन्म लिएका छन्। भगवानको कृपाले बच्चा र आमा दुबै स्वस्थ्य छन्।’

कपिलको पोस्टमा धेरैले बधाई दिएका छन्। केही दिनअघि मात्र कपिलले आफू दोस्रो बच्चाको बुवा बन्न लागेको जानकारी दिएका थिए।  कपिलको बिहे २०१८ को डिसेम्बरमा भएको थियो।

प्रकाशित मिति: : 2021-02-01 13:28:00

प्रतिकृया दिनुहोस्