सुष्माले उत्सवलाई जातीय रुपमा होच्याइन्, स्वेताकी बहिनीले हात उठाइन् 

बिएल संवाददाता

काठमाडाै‌ं
अनलाइनखबर

अभिनेत्री सुष्मा कार्कीले आफुमाथी कुटपिट भएको भन्दै प्रहरी कार्यलयमा उजुरी दिएकी छिन्।

उनले अभिनेत्री स्वेता खड्काकी बहिनी आरती खड्का र युट्युवबर उत्सव रसाईलीविरुद्ध आफुमाथि कुटपिट गरेको आरोप लगाउँदै उजुरी दर्ता गरेकी हुन्।

उनले सामाजिक संजालमार्फत झगडा युट्युबर उत्सवको कारण भएको बताउएकी छिन्। 

त्यस्तै, उत्सवले भने सुष्माले आफुलाई जातिय रुपमा होच्याउँदै गालीगलौज गरेपछि आरतीले सुष्मालाई झापड हानेको बताएका छन्। 

उत्सव सोमबार राती स्वेताकी बहिनी आरतीको ‘एनिभर्सरी’ मनाउन दरबारमार्गस्थित ‘लण्डज पब क्लब’ मा पुगेका थिए। सोही क्लबमा सुष्मासँग भेट भएको थियो।

सामान्य कुराकानी हुँदाहुँदै सुष्मासँग भनाभन भएको भन्दै उत्सवले भने, सष्माले पहिलैदेखि युट्युवमा स्वेतालाई ‘हाइलाइट’ गरेको तर आफुलाई ‘ सपोर्ट’ नगरेको भन्दै निहुँ खाज्दै आएकी थिइन्। त्यही विषयमा कुराकानी गर्दागर्दै झगडा भयो। झगडा हुँदै गर्दा क्लबका सबै जना जम्मा भए। त्यही क्रममा सुष्माले मलाई जातिय रुपमा होच्याएर गाली गरेपछि, आरतीले सहन नसकेर हात उठाएको हो।’

उत्सवले सार्वजनिक रुपमै भनेका छन् ‘कलाकारहरूलाई तथानाम गालीगलौज गर्नुभयो। मलाई पनि तँ ‘कामी’ यस्तो गर्ने भन्दै जातीय हिसाबले गाली गर्नुभयो।’

यस विषयमा सबैजनालाई कार्यलयमा बोलाएर थप अनुसन्धान गर्ने महानगरीय प्रहरी बृत्त, दरबारमार्गले जनाएको छ।

प्रकाशित मिति: : 2021-02-03 14:10:00

प्रतिकृया दिनुहोस्