मिर्गौला पीडितको उपचारका लागि १६ लाख सङ्कलन

दिनेश खबर

तनहुँको व्यास नगरपालिका–१ निवासी मिर्गौला पीडितलाई उपचारका लागि रु १६ लाख १० हजार सङ्कलन भएको छ। 

सोही वडामा रहेको नवयुवा क्लबको नेतृत्वमा आशमाया तामाङको उपचारका लागि सो  रकम सङ्कलन भएको हो । 

क्लबका अध्यक्ष सनम तामाङका अनुसार आशमाया बचाउ अभियान गठन गरी रकम सङ्कलन अभियान थालिएको हो। 

'जिल्लाभित्र रहेका र देश तथा विदेशमा रहेका नेपालीले आशमायाको उपचारका लागि सहयोग गरेका छन्' उनले भने, 'प्रत्येक सहयोगदाताको विवरण फेसबुकमार्फत सार्वजनिक गर्दै आएका छौं।' 

आशमायाको उपचारका लागि सङ्कलित रकम छिट्टै पत्रकार सम्मेलन आयोजना गरी पीडितलाई हस्तान्तरण गर्ने तयारी गरिरहेको सनमले बताए। अहिले मिर्गौला पीडितको काठमाडौँस्थित टिचिङ हस्पिटलमा उपचार भइरहेको छ। 
 

प्रकाशित मिति: : 2021-02-04 21:28:00

प्रतिकृया दिनुहोस्