यसकारण कोरोना निको भएकाले पनि खोप लगाउन आवश्यक

नेपाल लाइभ

काठमाडाै‌ं

 

कमला गुरुङ

डाक्टर साब! कोरोनाको खोप लगाउने होइन,?’ कोरोना संक्रमण रोकथाम तथा नियन्त्रणमा खटिएका एक चिकित्सकलाई हामीले प्रश्न गर्यौं‍। 

‘म त लगाउँदिन यो खोप,’ उनले प्रतिक्रिया दिए। 

ती चिकित्सकको कुरा सुन्दा हामीलाई अचम्म लाग्यो। फेरि ती चिकित्सकलाई प्रश्न तेस्र्यायौं, ‘किन नलगाउने खोप डाक्टर साब?’

उनको जवाफ थियो, ‘म कोरोना निको भइसकेको मान्छे। कोरोनासँग लड्न मेरो शरीरमा एन्टिबडी बनिसकेको छ। त्यसकारण मैले लगाएर एउटा खोप खेर फाल्नुभन्दा अर्को एक जनालाई लगाउन काम लाग्छ।’

सरकारले कोरोना रोकथाम तथा नियन्त्रणमा खटिएका चिकित्सक, स्वास्थ्यकर्मी लगायत फ्रन्टलाइनरलाई पहिलो प्राथमिकतामा राखेर कोभिड–१९ विरुद्धको खोप अभियान सञ्चालन गरिरहेको छ। तर केही स्वास्थ्यकर्मीले भने खोप नलगाउने निर्णय गरेका छन्। 

केही स्वास्थ्यकर्मीले खोपको विरोध गरे पनि केहीले कोरोना संक्रमण निको भइसकेका कारण देखाउँदै खोप नलगाउने निर्णयलाई नै उचित ठानेका छन्। कोरोना संक्रमणपछि शरीरमा बन्ने एन्टिबडीले नै सुरक्षा दिने र खोप लगाउन नपर्ने बुझाइ धेरैको छ। 

तर, के कोरोना निको भइसकेका व्यक्तिले खोप लगाउन आवश्यक छैन त? भाइरोलोजिस्ट डा लुना भट्टको संक्षिप्त जवाफ थियो, ‘आवश्यक छ।’ 

उनी भन्छिन्, ‘कोरोना संक्रमण भइसकेपछि शरीरमा एन्टिबडी बनेको छ÷छैन? बनेको एन्टिबडीले कति समयसम्म सुरक्षा दिन्छ? भन्ने थाहा छैन। त्यसैले पनि खोप लिन आवश्यक छ।’

डा लुनाका अनुसारमा शरीरमा बनेको एन्टिबडी सबैले भाइरसलाई रोक्ने क्षमता राख्छ÷राख्दैन भन्ने पनि यकिन हुँदैन। त्यही कारण पनि खोप लगाउन उनको सुझाव छ।

यदि कोरोना संक्रमण भइसकेका व्यक्तिमा एन्टिबडी बनेपछिको अवस्थामा खोप लगाए पनि शरीरलाई फाइदा नै गर्ने उनले बताइन्। उनीहरुमा खोप लगाउँदा विशेषगरी दुई किसिमको फाइदा हुन्छ।

प्रकाशित मिति: : 2021-02-05 06:44:00

प्रतिकृया दिनुहोस्