खाना नबनाएको भन्दै बन्चरोले हानेर श्रीमतीको हत्या

खाना नपकाएकाे भन्दै कास्कीमा एक जनाले श्रीमतीको हत्या गरेका छन्। श्रीमती हत्याकाे आरोपमा प्रहरीले  ५० वर्षीय गम बहादुर पुनलाई  पक्राउ गरेको छ।

श्रीमती ४२ वर्षीया हरिमाया पुनको धारिलो हतियार बञ्चरो प्रहार गरी हत्या गरेको अभियोगमा पोखरा महानगरपालिका-३३ उपल्लो पुँडी बस्ने पर्वत जलजला गाउँपालिका-७ धाईरिङका ५० वर्षीय पुनलाई प्रहरीले पक्राउ गरेको हो।

 हरिमाया पुन शुक्रबार आफ्नै सुत्ने कोठामा मृत अवस्थामा फेला परेकी थिइन्। घटनाकाे अनुसन्धान गर्दै जाँदा श्रीमानलनै हत्या गरेकाे खुलेकाे हाे। हत्यामा स‌ग्लग्न मगरलाइ पोखरा महानगरपालिका-३३ लामगादीबाट पक्राउ गरेको कास्की प्रहरीले जनाएकाे छ।

खाना नबनाएको बिषयमा एकआपसमा झै-झगडा हुँदा गम बहादुरले श्रीमतीलाई बञ्चरो प्रहार गरी हत्या गरेको अनुसन्धानको क्रममा खुल्न आएको जिल्ला प्रहरी कार्यालय कास्कीले जनाएको छ ।
 

प्रकाशित मिति: : 2021-02-06 17:47:00

प्रतिकृया दिनुहोस्