१० वर्षपछि भारतमा दोहोरो सतक लगाउन सफल रुट

राेयटर्स
राेयटर्स

जो रुट १० वर्षपछि भारतमा दोहोरो सतक बनाउने विदेशी ब्याट्सम्यान बन्न सफल भएका छन्।

हैदराबादमा सञ्चालन भइरहेको भारत–इंग्ल्याण्ड टेस्टको दोस्रो दिन शनिबार इंग्ल्याण्डले  ८ विकेटको क्षतिमा ५ सय ५५ रन बनायो। जसमा ३ सय ७७ बल खेल्दै रुटले २ सय १८ रन बनाए। 

यसअघि २०१० मा न्युजिल्याण्डका ब्रेण्डन म्याकुलमले २ सय २५ रन बनाएका थिए। यही वर्ष रुटले ३ टेस्टको ५ इनिङमा ६ सय ४४ रन बनाइसकेका छन्। श्रीलंकामा पनि उनले २ टेस्टमा ४ सय २a६ रन बनाएका थिए।

उनले श्रीलंकामा दोहोरो र एउटा सतक बनाएका थिए। उनले न्युजिल्याण्डका कप्तान केन विलियम्सनको कीर्तिमानलाई पनि बराबरी गरेका छन्। विलियम्सनले ५ इनिङमा ६ सय ४४ रन बनाएका थिए।

प्रकाशित मिति: : 2021-02-07 07:40:00

प्रतिकृया दिनुहोस्