कांग्रेस महाधिवेशन

मतगणना सकियो: ४६२३ मत खस्दा देउवाले पाए २७३३, बदर मत ३५

नेपाली कांग्रेसको १४औं महाधिवेशनअन्तर्गत मतगणना सकिएको छ। कुल खसेको चार हजार ६२३ मतमा सभापतिमा निर्वाचित शेरबहादुर देउवाले २७३३ मत प्राप्त गरेका छन्।

त्यसैगरी सभापतिमा पराजित डा. शेखर कोइरालाले १८५५ मत प्राप्त गरेका छन्। उनी ८७८ मत अन्तरले पराजित भएका हुन्। २५ मत बदर भएको मतदान अधिकृत सुनील पाण्डेले जानकारी दिए।

मतगणना सकिएलगत्तै गृहमन्त्री राष्ट्रिय सभागृह आइपुगेका छन्। उनले निर्वाचन मतपरिणामबारे जानकारी लिनुका साथै अबका गणना कसरी गर्ने भन्नेबारे निर्वाचन समितिसँग परामर्श गरिरहेका छन्।    

प्रकाशित मिति: : 2021-12-15 03:23:00

प्रतिकृया दिनुहोस्