निर्मला पन्तको झल्को दिने अर्को किशोरी भागरथीको बैतडीमा हत्या, अनुसन्धानका लागि प्रदेश प्रहरी खटियो

१७ वर्षीय किशोरी भागरथी भट्टको हत्या अनुसन्धानका लागि प्रदेश प्रहरी कार्यालय सुदूरपश्चिमको एसएसपीसहितको टोली खटिएको छ। 

बैतडीे दोगडाकेदार गाउँपालिका– कतोला चडेपानी निवासी भागरथीको गत बिहीबार लबलेक सामुदायिक वनमा लास फेला परेको थियो। उनलाई बलत्कारपछि मारिएको आशंका छ। यो घटनाको जिल्ला प्रहरी कार्यालय बैतडीले अनुसन्धान गरिरहेको थियो।

भगरथी विद्यालय आउने–जाने सडकमा हिँड्ने ट्याक्टर चालक र अन्य ब्यक्तिसँग पनि सोधपुछ भइरहेको छ। भगरथी बुधवार घरबाट विद्यालय गएकी थिइन। तर, साँझसम्म घर नफर्केपछि परिवारले खोजीनीति गर्दा बिहीबार साँझ ५ बजे लबलेक सामुदायिक वनमा उनका शव फेला परेको थियो।

अनुसन्धानमा खटिएका प्रहरीका अनुसार सडकबाट झण्डै ५० मिटर तल झाडीमा भेटिएकी भागरथीको टोउकोमा चोट लागेको छ। 
‘घाँटी थिचेर हत्या भएको हुनसक्छ। घाँटीमा मार्क पनि देखिन्छ।,‘ अनुसन्धानमा खटिएका एक प्रहरीले भने, ‘यौनाङ्गमा रगत बगेकाले बलत्कार पछि हत्याभएको भन्ने अवस्था छ। पोष्टमाटमपछि सबै थाहा होला।’ 

अनुसन्धानमा थप सहयोग पुर्याउन एसपी जनक पाण्डेको नेतृत्वमा टोली खटिएको प्रदेश प्रहरी कार्यालय, सुदूरपश्चिम प्रवक्ता एसएसपी अशोक सिहले बिएल नेपाली सेवालाई जानकारी गराए।  

हाल घटनाको अनुसन्धान सीआइबीको टोली, सिडिओ, सरकारी वकिलको कार्यालयका प्रमुख, जिल्ला प्रहरी कार्यालय बैतडीका प्रमुख र प्रदेश प्रहरी कार्यालय एसएसपीको टोलीले गरिरहेको छ। 

एसएसपी सिहले मृतक भागरथीका आफन्त र साथीभाईसँग सोधपुछ भएको र पोष्टमटमको रिपोर्ट आज आउने भन्दै बिएल नेपाली सेवासँग भने, ‘शब लबलेक सामुदायिक वनमा भेटिएको थियो। हत्या कसले गरेको होे भन्न तत्काल सकिने अवस्था छैन। रिपोर्ट आएपछि मात्र बलात्कार हो कि के हो भन्न सकिन्छ।’



भट्टको हत्यारालाई कारवाही गर्न माग

किशोरी हत्या प्रकरण : अनुसन्धान गर्न तालीम प्राप्त कुकुर परिचालन

बैतडीकाे जंगलमा किशोरीकाे विभत्स हत्या

प्रकाशित मिति: : 2021-02-07 08:41:00

प्रतिकृया दिनुहोस्