२४ घन्टामा थप ११९ जनामा कोरोना संक्रमण पुष्टि

बिएल संवाददाता

काठमाडाै‌ं
aa.com.tr
aa.com.tr

स्वास्थ्य मन्त्रालयले दिएको जानकारी अनुसार पछिल्लो २४ घन्टामा थप ११९ जनामा कोरोना संक्रमण पुष्टि भएको छ।

थप ११९ जनामा कोरोना पुष्टि भएसंगै नेपालमा कोरोना संक्रमितको संख्या २ लाख ७१ हजार ९२५ पुगेको छ।

यस्तै पछिल्लो २४ घण्टामा २६० जनाले कोरोना जितेका छन्। नेपालमा हालसम्म कोरोना जित्नेको संख्या २ लाख ६८ हजार ७२ पुगेको छ।  कोरोना निको हुनेको  दर ९८.६ प्रतिशत हो।

त्यस्तै पछिल्ल्लो २४ घन्टामा थप ३ जनाको मृत्यु भएको छ। हालसम्म कोरोनाबाट ज्यान गुमाउनेको संख्या २ हजार ३८ पुगेको छ।
 

प्रकाशित मिति: : 2021-02-07 16:36:00

प्रतिकृया दिनुहोस्