खानेपानी, बाटोघाटो र विद्युतको माग राख्दै स्थानीयले गरे प्रदर्शन

Nepal samacharpatra

जयपृथ्वी नगरपालिका–८ बारिलका स्थानीयवासीले नगरपालिकामा खानेपानी, बाटोघाटो र विद्युत्को मागसहित प्रदर्शन गरेका छन्। 

 खानेपानी, बाटोघाटो, विद्युत्को मागसहित उनीहरुले जयपृथ्वी नगरपालिकामा सोमबार प्रदर्शन गरेका हुन्। 

नगरपालिकाको सबै वडामा सडक विस्तार भए पनि बारिलमा नहुँदा सडक विस्तारका लागि नगरपालिकाले बजेट नछुट्याएको र बर्खायाममा पहिरो गई बस्तीहरु जोखिममा रहेकाले त्यसको रोकथामका लागि पनि बजेट विनियोजन गर्नुपर्ने भन्दै उनीहरु आन्दोलित बनेका हुन्। 

 नगरपालिकाका उपप्रमुख जुना जाग्रीका अनुसार बारिलमा सडकका लागि रु पाँच लाख बजेट छुट्याइसकेको छ। 'विद्युत्का लागि पोल लगाउन बोलपत्र आह्वान भइसकेको केही दिनमै पोल गाड्ने काम पनि शुरु हुनेछ।' 

प्रकाशित मिति: : 2021-02-07 21:20:00

प्रतिकृया दिनुहोस्