पत्रकार डेकेन्द्र थापाको हत्यामा संलग्न जयबहादुर शाही पक्राउ

तस्वीर : बिएल नेपाली सेवा
तस्वीर : बिएल नेपाली सेवा

दैलेखका पत्रकार डेकेन्द्र थापाको हत्यामा फरार रहेका एक जनालाई प्रहरीले पक्राउ गरेको छ।

आइतबार दैलेखको महाबु गाउँपालिका-६ का ६८ वर्षीय जयबहादुर शाहीलाई जिल्ला प्रहरी कार्यालयको टोलीले पक्राउ गरेको हो।

उनलाई २०७१ मंसिर २१ गतेको फैसलाअनुसार शाहीलाई २ वर्ष कैद सजाय तोकिएको छ।

१ वर्ष ७ महिना १ दिन कैद भुक्तान गरिसकेपछि फरार भएका उनलाई खोजतलास गर्ने क्रममा पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय दैलेखले जनाएको छ।

उनलाई बाँकी कैद भुक्तान गर्न कारागार चलान गरिएको दैलेख प्रहरीले जनाएको छ। केही समय कैद भुक्तानीपछि बन्दी प्रत्यक्षीकरणमा परेका कारण अदालतको फैसला ढिला आएपछि शाही थुनामुक्त भई फरार थिए।

२०६१ साल साउन २७ गते पत्रकार डेकन्द्र थापाको हत्या भएको थियो। 

सशस्त्र द्वन्द्वका बेला तत्कालीन विद्रोही पक्ष माओवादीले उनको हत्या गरेकाे हाे। उनको दैलेखको नौमुले गाउँपालिकामा पर्ने साविकको द्वारी गाविस–१ मा शव भेटिएको थियो।

माओवादीले हत्या गरेपछि पत्रकार थापाकी श्रीमती लक्ष्मीले जिल्ला प्रहरी कार्यालय दैलेखमा २०६५ भदौ ५ गते ९ जनाविरुद्ध किटानी जाहेरी दिएकी थिइन्। त्यसबेला पाँच जना पक्राउ परेका थिए।

प्रकाशित मिति: : 2021-02-08 08:49:00

प्रतिकृया दिनुहोस्