चम्पुजा र मञ्जुश्री उद्यान पर्यटकको आकर्षणमा

Nagarik khabar

आर्थिकरुपमा भीमेश्वर नगरपालिकालाई समुन्नत बनाउन चम्पुजा र मञ्जुश्री पार्क कोशेढुङ्गा सावित भएको छ। 

वडा नं २ मा पर्ने यी दुई पार्कमा दैनिकरुपमा दुई÷तीन सय आन्तरिक ताथ बाह्य पर्यटक यहाँको मनमोहक दृश्य हेर्न आउने गरेका छन्। 

पार्कबाट पवित्र धार्मिकस्थल भीमेश्वर, कालिञ्चोक, तामाकोशी, हनुमन्ते, शैलुङ र गौरीशङ्कर नजिकबाट नियाल्न सकिन्छ। यहाँको विकासका लागि भीमेश्वर मन्दिर नजिक सोलार पार्कसमेत बनाउन छिट्टै शुरु गरिने नगर प्रमुख भरतबहादुर केसीले बताए।  
         
विसं २०७१ मा नगरपालिकाले आप्mनो बजेटबाट पार्क बनाउन शुरु गरेको थियो। पछि पर्यटन मन्त्रालय, शहरी विकास मन्त्रालय र स्थानीय नागरिकको जनश्रमदानमा गरी रु एक÷एक करोडको लगानीमा निर्माण गरिएको छ। पार्कले हालसम्म पनि पूर्णता पाएका छैन। पार्कभित्र धेरै पूर्वाधार बनाउनुपर्ने देखिएको छ। 

भीमसेनको दर्शनका लागि आउने आन्तरिक तथा बाह्य पर्यटक मन्दिर नजिक पर्ने कारण चम्पुजा र मञ्जुश्री पार्क जाने गरेका छन्। आर्थिक समृद्धिका लागि यहाँका धार्मिकस्थल र पार्क कोशेढुङ्गा सावित हुने वडा नं २ का वडाध्यक्ष विराजमान श्रेष्ठले जानकारी दिए। 

तिब्बतबाट नेपालमा आउँदा वडा नं २ तिलिञ्चोमा बास बसी तत्काल कृतिपुरमा पुगी चोभारको डाँडा मञ्जुश्री काटेका र हाल काठमाडौँ उपत्यका बनेको भन्ने भनाइ रहिआएको छ। धार्मिक आस्थाको धरोहरसमेत भएको कारण पर्यटकको भीड लाग्ने गरेका स्थानीय समाजसेवी भरत प्रधानले बताए। रासस


 

प्रकाशित मिति: : 2021-02-08 15:37:00

प्रतिकृया दिनुहोस्