नायिका हायकको पिडा

तस्वीर: एजेन्सी
तस्वीर: एजेन्सी

कुनै समय यो नायिका धेरै समय चलन सक्दैन भनेर सोचिने सलमा हायकलाई आजको समय एक सफल नायिकामा गणना गरिन्छ।

सिनेमा निर्माता, निर्देशक तथा नायिका हायकले हालै फिमेल फर्स्ट डटकमलाई दिएको अन्तर्बार्तामा भनेकी छिन, ‘मेक्सिकन मूलको भएको कारण मलाई धेरैले गम्भीरतापूर्वक लिएका थिएनन्।

मैले आफ्नो अभिनय यात्रा सुरु गर्दा हलिउडमा मेक्सिकनहरुलाई मुख्य भूमिका दिने प्रचलन थिएन।’ कडा संघर्षको कारण मात्र आफू यो स्थानमा पुगेको बताउने नायिका हायक भन्छिन, ‘मलाई धेरैले तिमीले सफलता हासिल गर्न सक्दैनौ।

त्यसैकारण आफ्नो देश फर्के हुन्छ भनेका थिए तर मैले यस्ता कुरालाई वास्ता नगरेर आफ्नो काम गर्न छोडिन।’ २ सेप्टेम्बर १९६६ को दिन मेक्सिकोमा जन्मेकी नायिका हायक ओस्कार अवार्डमा समेत मनोनयन भइसकेकी छिन्।

अमेरिकानो, लन्ली हर्ट्स, आस्क द डस्ट जस्ता हिट सिनेमाकी नायिका हायकको यो बर्ष रिलिज हुने सिनेमाहरुमा बिल्स, द हिट्म्यान्स वाइफ़्स बडिगार्ड्स र इटर्नल्स आदि हुन्। 

प्रकाशित मिति: : 2021-02-09 19:36:00

प्रतिकृया दिनुहोस्