‘गर्न धेरै बाँकी छ, सङ्घर्ष अझै जारी छ’

‘संघर्ष हो जीवन
जीवन संघर्ष हो
जीवनदेखि थाकेर बस्छु नभन
जीवनदेखि हारेर मर्छु नभन....’

श्याम तमोटले लेखेको उपर्युक्त गीत सबैले मनन् गर्नुपर्छ। जीवनमा सघंर्ष गरेर लक्ष्य हासिल गरेका थुप्रै व्यक्तित्वहरु पहिले पनि थिए र आज पनि छन्। कोही व्यक्ति जीवनमा कति सफल वा असफल हुन्छ भन्ने कुरा ऊ बाल्यावस्था र किशोरावस्थामा कसरी हुर्किएको छ भन्नेमा निर्भर गर्छ। 

‘संघर्ष’ शब्दले के जनाउँछ ? यसको भावार्थ अपवादबाहेक सबैलाई अवगत हुनुपर्छ। हो, अठोटसहितको अथक संघर्ष सफलताको संवाहक हो।

आज यस स्तम्भमा एक महिलाको संघर्षको कथा प्रस्तुत छ जसको लगनशीलता र संघर्षले लक्ष्य हासिल गरेको कथा सबैका लागि प्रेरणादायी हुनसक्छ। उनी हुन्, नर्मदा अधिकारी। हाल उनी कृषि विकास बैंकको श्रीपुर शाखा (वीरगञ्ज)मा शाखा-प्रबन्धकको रुपमा कार्यरत छिन्।

२०३८ सालमा बाआमाको दोस्रो सन्तानको रुपमा उनको जन्म रौतहट जिल्लाको वनबहुअरीमा भएको थियो। अहिले उक्त गाउँ रौतहटको चन्द्रपुर नगरपालिका–७ मा पर्छ।

बुबा गोविन्द अधिकारी र आमा भैरवी अधिकारी निकै खुशी थिए। पुरोहितसँग छोरीको ग्रहगोचर आदि देखाए। पुरोहित बाजेको सल्लाहअनुसार बाआमाले छोरीको औपचारिक नाम नर्मदा अधिकारी राखिदिए।



जाडोसँग जुध्ने देहातका चार साधन– गाँती, गुदरा, घुर र बोरसी

मधेशसँग नौ दशकदेखि अन्तरङ्ग सम्बन्ध गाँसिएकी पद्मा 



अहिले उनी ३९ वर्षकी भइन्। उनी एक शाखा प्रबन्धकको जिम्मेवारी मात्र होइन, एक बुहारी, पत्नी र आमाको जिम्मेवारीप्रति पनि उत्तिकै कर्तव्यनिष्ठ छिन्। बाल्यकालदेखि अहिलेसम्मको उनको जीवनयात्रा केलाउँदा उनी अठोटपूर्ण लगनशीलताले लक्ष्य हासिल गरेकी छोरी हुन्। 

बाआमा चाहन्थे उनी नर्सिङ पढून् र नर्स बनून् तर उनलाई वाणिज्यशास्त्रमा बढी रुचि थियो। वाणिज्यशास्त्रमा उनी स्नातकोत्तर धारक हुन्। उनको वाल्यकालीन जीवन, शिक्षादीक्षा, लोकसेवाको तयारी र सरकारी जागिर लगायतका बिषयमा उनीसँग भएको कुराकानीको संक्षिप्त अंश प्रस्तुत छ।
माध्यमिक तहसम्म गाउँमा

बाआमाको काखमा खेल्दै, डुल्दै र हुर्कदै उनी विद्यायल जाने उमेरकी भइन्। छोरीलाई पढाउनु पर्छ भन्दै गाउँकै कालिका माध्यमिक विद्यालय वनबहुअरीमा बाआमाले कक्षा १ मा उनको नामाङ्कन गराइदिए।



‘लकसी र झाटाहा’ को चोट खाइरहेको लोकतन्त्र 

राजनीतिक ‘ब्ल्याक होल’तर्फ नेपाल



कहिले बुबा त कहिले आमाको औँला समातेर उनी विद्यालय जान थालिन्। बिस्तारै उनलाई विद्यालय जाने बानी पर्न थाल्यो। विद्यालय पनि घरजस्तै लाग्न थाल्यो। उनी नियमित विद्यालय जान्थिन्। पढाइमा उनको रुचि थियो। दिनप्रतिदिन प्रगतिउन्मुख हुँदै गयो।

समयसँगै उनको उमेर र चेतनाको विकाससँगै कक्षागत स्तरोन्नति हुँदै गयो। कक्षा ७ पास भइन्। उनका निकटतम आफन्तहरुका अनुसार, बाआमा र दाइले मात्र होइन, छिमेकीहरु पनि उनको लगनशीलताको सराहना गर्थे। उनको प्रसंशा गर्नेहरुमा शिक्षकहरु पनि थिए। आफन्तहरुको बुझाइमा अभिभावक र शिक्षक गुरुहरुको प्रशंसाले उनी उर्जान्वित भएको हुन सक्छिन्। उनी २०५४ सालमा एसएलसी उत्र्तीण भइन्।

दोस्रो गन्तव्य वीरगञ्ज

एसएलसी पछि कहाँ पढ्ने भन्ने तनाव थियो। अघिल्लो कक्षाको पढाइको लागि घर पाएका सुविधा सवालमा एकमात्र चन्द्रनिगाहपुर (अहिलेको चन्द्रपुर) थियो। गाउँकी दिदीहरु ठाकुरराम बहुमुखी क्याम्पस वीरगञ्जमा अध्यनरत थिइन्।दिदीहरुले क्याम्पसमा राम्रो पढाइका साथै छात्रावासको पनि सुविधा रहेको बताइन्। 

बाआमाले जाने अनुमति दिएपछि उनी वीरगञ्ज पुगिन्। आईकममा भर्ना भइन्। छात्रावासको बसाइसहित पढाइ सुरु भयो। त्यतिबेला ठाकुरराम क्याम्पस विद्यार्थीहरुको आकर्षणको केन्द्र थियो। 

उच्चशिक्षाको सवालमा वीरगञ्ज भरपर्दो गन्तव्य थियो। पर्सा, बारा, रौतहट, सर्लाही, मकवानपुर र चितवनसम्मका विद्यार्थीहरु शिक्षा आर्जनको लागि वीरगञ्ज आउने गरेको उनले बताइन्।

भनिन्छ, मानवमा शारीरिक वृत्ति विकाससँगै चेतनाको विकास र अरुको दृष्टिकोण मूल्याड्ढन गर्ने क्षमता पनि क्रमशः बढ्दै जान्छ। जो आमाबुबाको पसिनाको कमाइलाई महत्व दिन्छन्, तिनीहरु पढाइलाई सबैथोक ठान्छन्। उनीहरु आफूसँगै बाआमा, गुरुवर्ग र शैक्षिक संस्थाको पनि नाम उचाइसम्म पुर्याउँछन्।



सित्तैमा पत्रिका पाउँदा कोरोना महामारीमा पनि पसलमा ग्राहक थपिए

आनन्दले बितिरहेछ ९२ वर्षीया आनन्द कुमारीको जीवन (भिडियाेसहित)



उनका विगतकालीन संस्मरणअनुसार, जो विद्यार्थी क्याम्पसलाई मनोरञ्न स्थलको रुपमा ठान्थे, तिनीहरु रमाइलो गर्नमा व्यस्त रहन्थे। छात्राहरुप्रति केटाहरुको मनोविज्ञान उनीहरुको चालचलनले प्रष्ट झल्किन्थ्यो। केही छात्राहरुले छात्रहरुको अवाञ्छित गतिविधिको कडा रुपमा प्रतिवाद पनि र्गिर्थन्।

दुई वर्षको अध्ययनपश्चात् उनी विस २०५६ सालमा आईकम पास भइन्। पास हुनेमा उनी आफ्नो ब्याचमा एक्लै थिइन्। प्रायःजसोले एक÷दुई वा सोभन्दा बढी विषयमा अनुत्तीर्ण भएका थिए। उनका आफन्तहरुका अनुसार, सो बेला पनि उनी अध्यापक, बाआमा र दाइभाईसँगै अध्यनरत साथीहरुबाट बधाई पाएकी थिइन्।

तेस्रो गन्तव्य काठमाडौं

आईकम सकेपछि दाजुको सुझावअनुसार उनी काठमाडौंं गइन्। दाजु नारायण पहिलेदेखि काठमाडौं बस्थे र पढ्थे। एसएलसीपछि भाइ निरञ्जन अधिकारी पनि काठमाडाँै हानिए। तीनै जना भाइबहिनीको बसाइ र पढाइ काठमाडौंको शिक्षण संस्थामा हुन थाल्यो। वाणिज्यशास्त्र स्नातक तहमा उनको नामाड्ढन भयो। उनी भन्छिन्, ‘परिवारको आर्थिक अवस्था राम्रो थिएन। हामी तीनजना सन्तानलाई काठमाडौंमा राखेर पढाउनु बाआमाको लागि धेरै चुनौतीपूर्ण थियो। 

कोठाभाडा, क्याम्पसको शुल्क, किताब, कापी, खाद्यान्न, लत्ता–कपडा लगायतका सबैथोक पूर्ति गर्नु परिवारिक आर्थिक आम्दनीभन्दा धेरै माथि थियो। उनका शब्दहरुले उनलाई बा–आमाको आर्थिक पिडाको अनुभूति थियो भन्ने कुरा ठम्याउन कठिन छैन। विभिन्न आरोहअवरोहका बावजुद उनी स्नातक तह उत्तीर्ण गरिन्।

दुःखसुखका साथै अघिल्लो कक्षा स्तात्तकोतर तहमा भर्ना भइन्। उनलाई सुरुदेखि नै जीवनमा केहि गर्नुपर्छ भन्ने अठोट थियो। सँगैका प्रायः साथीसङ्गीहरु वैवाहिक सूत्रमा बाँधिएर सुदूर हुँदै गइरहेका थिए। पछि छुट्दै गए। यिनी अघि बढ्दै गइन्। शिक्षाआर्जनको सवालमा उनको संघर्ष अहिलेसम्म जारी थियो। थाकेकी थिइनन्। 

उनका काका मुकुन्द अधिकारी नेपाल विद्युत प्राधिकरण काठमान्डौमा सरकारी जागिरे थिए। काकाले पढाइसँगै लोकसेवा आयोगको तयारी समेत गर्न सुझाए। उनले भनिन्, ‘स्नातकोत्तर तहको अन्तिम परीक्षा सकेपछि लोक सेवा आयोगको तयारीमा पूर्णरुपेण सक्रिय हुने मनोकाङ्क्षा थियोे।’ उनले लोक सेवा आयोगमा नाम निकाल्नुपर्छ भन्दै मनमा दृढ सङ्कल्प लिइन्।

दाम्पत्य जीवनको शुभारम्भ

कठयाङ्ग्रिदो जाडोको महिना थियो। उनी स्नातकोत्तर तहको अन्तिम परीक्षाको तयारीमा थिइन्। बुबासँग एक जना आफन्तले एक राम्रो केटा छ, छोरीको बिहे गर्नुपर्छ भनेका रहेछन्। उनले भनिन्, ‘बिहेको प्रस्ताव सुनेर म अक्क न बक्क भएकी थिएँ। मलाई केही बन्नु थियो। त्यसैले मैले लिएको लक्ष्य अब स्वाहा होला कि भन्ने चिन्ता बढ्यो।’ 

उता उनका बुबालाई बेग्लै पीर थियो– सुयोग्य वर फेरि पाइला कि नपाइएला भन्ने। उनी छोरीका लागि प्रस्ताव आएको केटा सभ्य, सुशील र योग्य भएकाले अवसर गुमाउन चाहन्नथे। अर्कोतर्फ चिन्तामा बुबा थिए। 

अन्ततः उनी स्नातकोत्तरको परीक्षा सकेर मात्र बिहे गर्ने भन्दै बिहेको लागि समर्थन जनाइन्। अन्ततोगत्वा २०६२ साल माघ १० गते वीरगञ्ज निवासी समीर भट्टराईसँग उनी प्रणय सूत्रमा बाँधिइन्।

पतिको सहयोगले सफलता 

दाम्पत्य जीवनमा बाँधिएपछि पनि उनको लक्ष्य प्राप्त गर्ने मनोकाङ्क्षामा ह्रास आएन। पतिको साथले चिन्ता खुशीमा पारिणत भयोे। उनका पति पनि बैंकमा जागिरे थिए। अहिले समीर भट्टराई वीरगञ्जको एक निजी बैंकमा वरिष्ठ अधिकारीको रुपमा कार्यरत छन्। पतिको साथ पाएपछि लोक सेवा आयोगको उनको तयारी झन् तीब्र भयो। यसै साथ वीरगंजको एक निजी विद्यालयमा अध्यापन गराउन थालिन्। एक अर्को संस्थामा समेत आवद्ध भई काम गर्न थालिन्। 

लोकसेवा आयोगमा नाम निकाल्न नसकिएला कि भन्ने भाव समेत कहिलेकाहीँ मनमा उत्पन्न हुन्थ्यो। यहाँ केही गर्न सकिन्न। अब विदेश जानुपर्छ भन्ने विचार पनि मनमा आउँथ्यो। त्यो बेला तिमी हरेश नखाऊ, सफलता मिल्छ भन्दै पतिको हौसलाले उर्जा प्राप्त भएको उनी बताउँछिन्।
जहाँ विज्ञापन खुल्थ्यो, त्यहीँ लोकसेवा आयोगको परीक्षा दिन थालिन्।



‘सैंया भए कोतवाल, अब डर काहेका ?’

बृद्ध दम्पतिको कथा



अन्ततः ०६८ सालमा विद्युत प्राधिकरणमा नाम निस्कियो। लगतै कृषि विकास बैंकमा पनि पास भइन्। दुवैमा पाँचौँ तहका लागि परीक्षा दिएकी थिइन्। अब कुन जागिर रोज्ने भन्ने कुरा आयो। पतिको सल्लाह अनुसार उनले बैंकको जागिर रोजिन्। उनको पहिलो पोष्टिङ वीरगञ्जको घण्टाघरस्थित कृषि विकास बैंकमा भएको थियो। दुई वर्षअघि अर्थात् २०७५ सालमा सातौं तहको आन्तिरिक प्रतिस्पर्धी परीक्षमा पनि नाम लिकाल्न सफन भइन्। 

कामको सिलसिलामा विभिन्न चुनौतीहरु आउँछन्। यद्यपि, चुनौतीहरुको समना गर्दै उनी अघि बढिरहेकी छिन्। उनी भन्छिन्, ‘गर्न धेरै बाँकी छ, सङ्घर्ष अझै जारी छ।’
अन्त्यमा,
बिहान पति–पत्नीसँगै उठ्छन्। घर व्यवहारको काम मिलेर गर्छन्। बिहान घर बढार्ने, नुहाउने, खाना पकाउने, बच्चालाई विद्यालय पठाउनेलगायतका काम गर्दागर्दै समय कति छिटो बित्छ, पत्तै हुँदैन्। हतार–हतार खाना खाएर कार्यालयको लागि निस्कनुपर्छ। उनी जीवनमा सबैभन्दा बढी खुशीे भएको क्षण विद्युत प्राधिकरणमा नाम निस्केको बेला र सबैभन्दा दुःखको क्षण ससुरा (स्व. श्यामप्रसाद उपाध्याय) दिवंगत भएको बेला बताउँछिन्। 

अहिले सासु, पति, एक छोरी र एक छोरा गरी पाँच जनाको परिवार छ। बालबच्चालाई हुर्काउने कार्यमा सबैभन्दा बढी सासूको योगदान रहेको बताउँछिन्। 

नवपुस्तालाई उनको सन्देश छ– गन्तव्य निर्धारण गरेर अठोटका साथ अघि बढ्ने हो भने लक्ष्य हासिल गर्न कठिन छैन। यद्यपि लक्ष्यप्रति केन्द्रित हुनुपर्छ। दीर्घकालीन सोच्नुपर्छ। अहिलेको परिवेशमा अवसरहरु धेरै छन्। उनले सुझाव दिइन्– प्रथमतः आफ्नो रुचि र क्षमताको क्षेत्र आफैँ पहिचान गर्नुपर्छ। सोही क्षेत्रमा संघर्ष गर्दै जानुपर्छ।

हामी संघर्ष गर्छौं तर छिट्टै आतिन्छौँ। थकित हुन्छौँ। धैर्य पनि एक प्रकारको परीक्षा नै हो। 

प्रकाशित मिति: : 2021-02-11 09:10:00

प्रतिकृया दिनुहोस्