सोधपुछका लागि प्रहरीले बोलायो रामकुमारी झाँक्रीलाई  

बिएल संवाददाता

काठमाडाै‌ं
Photo - Ramkumari Jhakri FB
Photo - Ramkumari Jhakri FB

नेकपा प्रचण्ड समूहकी युवा नेत्री रामकुमारी झाँक्रीलाई प्रहरीले छलफलका लागि बोलाएको छ। 

पुष ५ गते प्रधानमन्त्री केपी शर्मा ओलीको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले संसाद विघटन गरेपछि विरोध गर्दै आएकी नेत्री झाँक्रीलाई भिआईपी–भिभिआइपीहरुलाई गाली गलौज गरेको भन्दै गृहमन्त्रालयको निर्देशनमा प्रहरीले झाँक्रीलाई सोधपुछका लागि बोलाएको हो। 

महानगरीय अपराध महाशाखाले सोधपुछका लागि झाँक्रीलाई बोलाएको बताएकाे छ।

झाँक्रीले दिएको प्रतिक्रृयालाई सोधपुछ गर्न हामीले उहाँलाई बोलएका छौं महाशाखा प्रमुख एसएसपी दिपक थापाले बिएल नेपाली सेवालाई बताए। गत बुधवार नेकपा ओली समूहको अखिल नेपाल महिला संघ (अनेमसंघ)ले नेत्री झाँक्रीलाई कारबाहीकाे माग गर्दै गृहमन्त्री रामबहादुर थापा ‘बादल’लाई ज्ञापनपत्र बुझाएको थियो। 

गृहमन्त्री थापालाई ज्ञापनपत्र बुझाउँदै अनेमसंघले झाँक्रीले राष्ट्रपति विद्यादेवी भण्डारीको चरित्र हत्या गरेको भन्दै पक्राउ गरी कारबाही गर्न माग गरेको थियो।

प्रकाशित मिति: : 2021-02-11 10:53:00

प्रतिकृया दिनुहोस्