वाङ्मय शताब्दी पुरूष सत्यमोहन जोशी र उनकी श्रीमती राधादेवी जोशीले मृत्युपछि शरीर दान दिने घोषणा गर्ने भएका छन्।
ललिपुर महानगरपालिकाको प्रांगण्मा एक कार्यक्रम मार्फत चिकित्सा विज्ञान प्रयोगात्मक ज्ञानका लागि मृत्युपछि आफ्नो शरीर दान दिने घोषणा कार्यक्रम रहेका उनीहरुले बताएका छन्।
शुक्रबार दिउँसो १ : ३० बजे आयोजना हुने कार्यक्रमबाट उक्त घोषणा गरिने नइ प्रकाशनका सदस्य सचिव नरेन्द्रराज प्रसाईंले बताए।
घोषणा कार्यक्रममा ललितपुर महानगरका मेयर चिरीबाबु महर्जन उपस्थिति रहने छ।