नेपाली दूतावासले केआईआईटीका प्रतिनिधिलाई बाेलाएर गर्‍यो छलफल

भारतस्थित नेपाली दूतावासले भारतको उडिसास्थित केआईआईटी कलेजमा नेपाली छात्रा प्रिसा साह मृत भेटिएको प्रकरणबारे विश्वविद्यालयसँग जानकारी लिएको छ। 

दूतावासले शुक्रबार विज्ञिप्ति जारी गर्दै घटनाबारे किटका प्रतिनिधिलाई दूतावासमै बोलाएर जानकारी लिएकाे हाे।

नेपाली विद्यार्थी छात्रावासको कोठामा झुन्डिएको अवस्थामा फेला परेको जानकारी दूतावासलाई बिहीबार रातीमात्रै थाहा भएको समेत विज्ञप्तिमा उल्लेख छ।

विज्ञप्तिमा भनिएको छ– ‘नेपाली दूतावासले सो शैक्षिक संस्थाका प्रतिनिधिहरू, प्रहरी अधिकारीहरू, विदेश मन्त्रालयका अधिकृतलगायत अन्य सरोकारवालाहरूसँग तत्काल सम्पर्क तथा छलफल गरी घटनाको बारेमा जानकारी लिई सो घटनाको स्वतन्त्र एवं निष्पक्ष तवरले अनुसन्धान हुन तथा शैक्षिक संस्थामा अध्ययनरत सम्पूर्ण नेपाली विद्यार्थीहरूको सुरक्षाको प्रत्याभूति हुन जोड दिएको थियो।’ 

प्रकाशित मिति: : 2025-05-02 14:30:00

प्रतिकृया दिनुहोस्