पूर्वसभापतिसहित पाँच जना जुवाको खालबाट पक्राउ

मध्यपश्चिमाञ्चल विश्वविद्यालयका पूर्व स्ववियू सभापति झक्कबहादुर शाहीसहित पाँच जुवाडे जुवाखालबाट पक्राउ परेका छन्। 

पक्राउ पर्नेमा चामुण्डा बिन्द्रासैनी नगरपालिका–४ दैलेखका ३२ वर्षीय शाहीसहित सुर्खेतको वीरेन्द्रनगर–७, बस्ने २६ वर्षीय खेमराज शाही, २३ वर्षीय भरत शाही, ४२ वर्षीय नरेश शाही र ४४ वर्षीय रेशम पंगेनी रहेको जिल्ला प्रहरी कार्यालय सुर्खेतका प्रवक्ता रामप्रसाद घर्तीले जानकारी दिए।

उनकाअनुसार गएराती वीरेन्द्रनगर–८, आवास क्षेत्र स्थित बलबहादुर शाहीको घरमा जुवा खेलिरहेको अवस्थामा तीन गड्डी ताससँगै ४४ हजार एक सय ३५ रुपैयाँ नगद बरामद गरिएको हो। 

जुवा खेलिरहेको गोप्य सूचना पाएपछि जिप्रकाबाट प्रहरी निरीक्षक कनकबहादुर शाहीको कमाण्डमा खटिएको प्रहरी टोलीले उनीहरुलाई नियन्त्रणमा लिई आवश्यक कारवाहीका लागि अनुसन्धान जारी रहेको जिल्ला प्रहरी कार्यालयको भनाइ छ।

प्रकाशित मिति: : 2021-02-12 17:51:00

प्रतिकृया दिनुहोस्