हिरा अधिकारी
नछोएको त्यो हात
नसुम्सुमाएको त्यो कपाल
नचुमेको त्यो निधार अनि अधर
नअंगालेको त्यो अंगालो
यस्तो लाग्थ्यो
एकदिन मायाले स्पर्श गर्नेछु
अनि
यति धेरै मायाको आभास गराउने छु कि
तिमीलाई त्यस्तो आभास
आजसम्म नभएको होस्!
त्यसरी सुम्सुमाउने छु तिम्रा कपाल
जसरी एउटा गाईले
भर्खरै जन्म दिएको
आफ्नो बच्चालाई सुम्सुमाउछे।
चुम्नेछु ती निधार अनि अधरलाई
अनि
खुसुक्क भन्नेछु
बलियो गरी अंगालोमा कस्दै
कसैले नसुन्ने गरी
हामी कहिल्यै नछुटिने ल!
तर ,
भाग्यमा नभएको कुरा गर्छु भनेर
कहाँ हुने रहेछ र
जुन सपना मैले तिमीसँग
देखेकी थिए,
त्यो सपना तिमीले अरु कसैसँग
देखेका रहेछौ।
त्यो हात कसैले समाइसकेको रहेछ,
मैले दिने सबै खुसी अनि सुख
अरु कसैले दिइसकेको रहेछ
र ,
मलाई यति धेरै सपना देखाएकोमा
तिमीलाई धेरै धन्यवाद!
जे भयो अब सबै बिर्सेर म पनि
तिमीले जस्तै
अर्कै सपना अनि बिपना देख्न चाहन्छु
तर,
बिन्ती फेरि बारबार मेरो
सपनामा आएर मलाई कमजोर
नबनाऊ ल!
यूएनमा प्रधानमन्त्री बालेनको १४ मिनेटः विश्वको ध्यान तान्यो, नेपालीको मन
‘संविधानको आत्मा, अभ्यास र नागरिक अपनत्व’
प्रधानमन्त्री ‘बालेन हुन् कि रवि’ भन्नेमा कन्फूजन देखियोः सांसद विश्वकर्मा
‘मनको घाउ नदेखिए पनि पीडा गहिरो हुन्छ’
कांग्रेसभित्र सहमतिको अन्तिम अस्त्र ‘डा. शेखर’
सरकार जेनजीको म्यान्डेटविपरीत चल्यो, आन्दोलन नै हाइज्याक भयोः वरिष्ठ अधिवक्ता त्रिपाठी
भोटेकोशी बाढीको बज्रपातः प्रियजन फर्किने बाटो हेर्दै बसेको लामा परिवार
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया