मृत्युपछि शरीर दान दिने जोशी दम्पतीको घोषणा 

वाङ्मय शताब्दी पुरूष सत्यमोहन जोशी र उनकी श्रीमती राधादेवी जोशीले मृत्युपछि शरीर दान दिने घोषणा गरेका छन्।  

शुक्रबार नइ प्रकाशनबाट ललिपुर महानगरपालिकाको प्रांगङ्गमा आयोजित एक कार्यक्रममार्फत चिकित्सा विज्ञान प्रयोगात्मक ज्ञानका लागि मृत्युपछि शरीर दान दिने घोषणा गरेका हुन्। 

१०१ वर्षीय शताब्दी पुरुष जोशी, ९३ वर्षीय राधादेवी जोशी र छोरा अनुराज जोशीले हस्ताक्षरसहितको मञ्जुरीपत्र किष्ट मेडिकल कलेजलाई हस्तान्तरण गरेका छन्। 

ललितपुर महानगरपालिकाका प्रमुख श्री चिरीबाबु महर्जनको उपस्थिति रहेको उक्त कार्यक्रममा जोशीले भने, ‘आफू मरेपछि पनि उपयोगी होस् भनेर हामी दम्पतीले यो कदम चालेका हौं।' 

प्रकाशित मिति: : 2021-02-12 19:57:00

प्रतिकृया दिनुहोस्