विष खुवाएर गहना लुट्ने पक्राउ 

कैलालीमा होटल संचालकलाई विष खुवाएर बेहोस बनाई तिन लाख २० हजार मूल्य बराबरको दुई तोला सुनको सिक्री लुट्ने व्यक्ति पक्राउ परेका छन्।

पक्राउ पर्नेमा कालिकोटको रास्कोट नगरपालिका १ बस्ने ३५ वर्षीय प्रकाश शाही रहेका छन्। 

कैलाली चुरे गाउँपालिका–५ खानीडाँडा स्थित होटेलमा महिलालाई विष खुवाई गहना लुटेर फरार रहेका उनलाई विशेष सूचनाको आधारमा कोहलपुर नगरपालिका वडा नम्बर ३ किरणनालामा लुकिछिपी बसेको अवस्था पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय बाँकेले जनाएको छ। 

पक्राउ परेका शाहीले होटेल संचालकलाई बदाम जुसमा नसाजन्य पदार्थ मिसाएर खुवाएको जिल्ला प्रहरी कार्यालय बाँकेका प्रमुख एसपी ओमबहादुर रानाले जानकारी दिए। 

यस्तै उनको साथबाट कुल ५९ हजार रुपैंया र भे ४ प ९५२५ नम्बरको मोटरसाइलसमेत नियन्त्रणमा लिइएको र थप अनुसधन भइरहेको प्रहरीले बताएको छ। 
 

प्रकाशित मिति: : 2021-02-13 21:19:00

प्रतिकृया दिनुहोस्