एसिया कप

सन्दीपकाे प्रदर्शनले भारतसँगकाे खेलमा ठूलो अर्थ राख्छ (भिडियोसहित)

नवीन अर्याल

काठमाडौं

नेपाल र भारतबीच जुन प्रतिस्पर्धा हुँदैछ, त्यो हाम्रो लागि धेरै महत्वपूर्ण छ। भने, भारतको लागि पनि उत्तिकै महत्पूर्ण छ। पाकिस्तानसँगको पहिलो खेल वर्षाको कारणले रोकिँदा अंक बाँडिसकेको हुनाले भारतको लागि एकदम बढी च्यालेञ्ज (चुनौती) छ।

नेपालजस्तो नियमित नखेलिरहेको टिमसँग खेल्न टप लेभलको टिमहरुलाई पनि गाह्रो हुन्छ। अन्तर्राष्ट्रिय खेलहरुमा देखिँदै आएको कुरा पनि यही हो। उनीहरुले हाम्रो खेलाडीहरुसँग खेल्ने तरिकाहरु भिडियोहरुमार्फत् अनुमान गरे पनि मैदानमा प्रत्यक्ष रुपमा खेल्नेलाई सुइङ के कति छ ? भन्ने कुराहरुको मुल्यांकनमा आकाश र जमिनको फरक छ। फिजीकल्ली र भिडियोमा एनलाइसिस गर्नु तुलनात्मक रुपमा धेरै अन्तर हुन्छ। त्यही भएर भारतको लागि पनि याे खेल धेरै नै गाह्रो रहेको छ।

भारतीय टोली जुन लेभलको पनि खेल खेल्न नसक्ने भन्ने कुरै होइन, पक्कै पनि भारत भनेको संसारकै वान अफ दि बेस्ट क्रिकेट टोली हो। उनीहरुसँग हरेक स्तरका खेलाडीहरु छन्, जस्तो अस्तिको खेल हेर्ने हो भने टप अर्डर बिट भएर खेल्न नसके पनि टप अर्डरहरुले मिडल अर्डरमा आएर एउटा सोलिड पार्टनरसिप गरे। उनीहरुको ट्यालेन्टले पनि त्यही किसिमले वोन डेमा पनि बनाउन सक्ने र अन्तिममा पनि त्यही पावर प्लेको अधिकतम प्रयाेग गर्न सक्नेछ। उनीहरुले त्यो लेभलको कमप्रेटिभ हुने र अन्तर्राष्ट्रियस्तरको क्रिकेट खेल्ने भएकोले धेरै कुरा उनीहरुको पक्षमा छ।

हामीहरुले एक्सपेरिमेन्ट गर्ने अनि जित्छु भनेर बढी उद्वेत हुने कामहरु हामीले गर्नुभएन। हामीले एकदम राम्रो खेल्ने र क्रिकेटमा जुन कुराहरु सिकेको छ, त्यो कुराहरुकाे प्रयोग गर्नुपर्छ, जुन पाकिस्तानसँगको खेलमा भइरहेको थियो। स्पिन खेल्न बल र ब्याटको बिचमा ग्याप घटाउँदै लैजाने, बलको न्यारेटअनुसार खेल्ने गर्नुपर्छ। अस्तिको खेल हेर्ने हो भने आफैँ विकेट फाल्न उद्वेत भएको जस्तो देखिन्थे, खेलाडीहरु कतिपय अवस्थामा पिचबाट कतिबेला बाहिर निस्कुँजस्तो देखिन्थे। तर, त्यो हुँदाहुँदै पनि दुई–चार वटा सर्टहरु, सेलेक्सनहरु अन्तर्राष्ट्रियस्तरकाे थियाे।

हाम्रो आत्मविश्वासकाे लेभल कमजाेर भयाे। उनीहरुले ३५/३७ ओभरपछि खेललाई विल्डअप गर्दै लगे र सोलिड स्कोरतिर गए। त्यसैले जुन उनीहरुले ३७ ओभरसम्म पाएको मुभ्मेन्ट थियो, त्यो हामीहरु पछि गएर धेरै प्रेसरमा गयौँ। हाम्रो मनोबल कम भयो। पाकिस्तानको बेस्ट अट्याकहरुले गर्दा फेरि हामीहरुको मनोबल डाउनतिर गयो। खेलाडीहरुको अनुहार हेर्दा नै फुक्क उडेको जस्तो थियो।

पाकिस्तानको बेस्ट अट्याक, जुन संसारको सबैभन्दा राम्रा अट्याक हो। त्यो सँग १५० को स्पिडमा जुन खेल हामीले खेलेको छौँ त्यसबाट पक्कै मलाई लागेको छ, त्यसबाट खेल भइसकेको अवस्थामा पाकिस्तानका खेलाडीहरुसँग इन्टरएक्सन गरेका छन्, नेपाली खेलाडीहरुले।

त्यसपछि पनि कसरी खेल्ने ? के खेल्ने ? भन्ने कुरा होला। पाकिस्तानको पनि बलिङ अट्याकको कुरा होला। भारतको बलिङ अट्याकको कुरा गर्दा उनीहरुको पाकिस्तानको बराबरको अट्याक नभए पनि उनीहरुको सुइङहरु नेपालको भन्दा राम्रो र माथिल्लो लेभलको छ। हाम्रो भनेको १३० को हाराहारीमा रहेको छ। भारतको सुइङ एकदम राम्रो छ।

फेरि,

कम्पेटिटिभ क्रिकेटको कुरा अनि उनीहरुको इस्टक्चरको कुरा संसारकै बलियो छ। र, उनीहरुको जुन ब्याटस् म्यान अर्डरहरु छन्, त्यो पनि बोल्ड क्लास भएको, त्यसमा पनि स्पिन अट्याक एकदम राम्रो छ। यो सबै कुराहरुले गर्दा याे खेलमा नेपालले टस जितको अवस्थामा ब्याटिङ गरोस् भन्ने मेरो कामना छ। एकातिर पानी पर्छ भनिएको छ। हो, त्यो पानी पर्छ भन्ने हिसाबले हाम्रो पनि एउटा क्लास देखियोस् भनेर पहिला ब्याटिङ गर्नुपर्छ। हामी खाली जित्नलाई मात्रै गएको होइन, त्यो लेभलको अनुभव लिन पनि गएको हो। त्यसकारण नेपालले भारतको त्यो पेश अट्याकहरु र बलिङ लाइनहरुलाई खेलोस्, नेपाली ब्याटस् म्यानहरुले राम्रोसँग खेलेस्, त्यो नेपालको राष्ट्रिय टोलीको लागि एकदम ठुलो एक्स्पोजर हुन जान्छ। र, मेरो कुरा भनेको नेपालले टस जित्यो भने ब्याटिङ गरोस् भन्ने हो।

नेपाली खेलाडीहरुको कुरा गर्दा सन्दीप लामिछानेले धेरै ठुलो अर्थ राख्छ। किनभने, उनले भारतमा बसेर आइपिएल खेलिसकेको भएर भारतका खेलाडीहरुसँग तथा बाहिरका खेलाडीहरुसँग मिक्सअप भएर टि– २० खेलिसकेका छन्। यसले हाम्रा खेलाडीहरुमा आत्मविश्वास बढाउँछ। लामो समय एकजुट भएर खेलेको अवस्थामा एउटा त्यो लेभलमा गएर खेलेको खेलाडीले राम्रो पर्फमेन्स गरिदियो भने अरु खेलाडीहरुमा आत्मविश्वास अलि बढ्छ।

र, हाम्रो कप्तान पहिलोपटक प्रस्तुत भएकाेले अलिकति खेल बुझ्न पनि गाह्रो भयो हाेला। तर, हाम्राे कप्तान राम्राे कप्तानी गर्ने भएकाेले भारतविरुद्धकाे खेलमा ठूलाे प्रभाव रहन्छ। जसरी पाकिस्तान र भारतकाे फस्ट अर्डर गए पनि पछि गएर राम्राे विल्डअप भयाे, हाम्राे पनि मिडल अर्डर राम्राे छ।

तर, अघि डाउनफप भएपनि त्यो चिजलाई बढी ध्यानमा राख्न भन्दा पनि आफ्नो पार्टनरसिपलाई कसरी लामाे समयसम्म लैजाने ? ५० ओभरसम्म कसरी खेल्ने ? भन्ने कुराहरुमा ध्यान दिनुपर्छ। मुख्य कुरा कति रन लियाे भन्दा पनि ५० ओभरमा पूरा ५० ओभर खेल्न सक्छ कि सक्दैन भन्ने कुराले अर्थ राख्छ। स्कोर त अब आफ्नो हिसाबले ५० ओभरको खेल खेल्दा २५० त विभिन्न कारणले भइरहेको हुन्छ।

अहिले हामीहरुको देखिएको भनेको एक्सपोजरको एकदमै ठुलो कमी थियो। क्यानको नेतृत्व सबैभन्दा बढी चुकेको कारण हामी चार महिना क्वालिफाइ भइसकेपछि त पेशअट्याक र वर्ल्ड क्लासकाे ब्याटिङ लाइनअप छ भनेर जान्दा जान्दै पनि हामीहरुले खेलाडीहरुलाई एक्सपाेजर दिने क्रममा विदेशबाट एक–दुई जनालाई नेट अभ्यास गराउन लगाएर तयारी अवस्थामा राख्नबाट हामीहरु चुकेकाे हाे।

हाल देश नै क्रिकेटमय भएको अवस्थामा म सरकारलाई के अपिल गर्न चाहन्छु भने नेपालले यस भन्दा अघि टि– २० वाेर्ल्ड कप खेल्यो। जुन बेला हामी अर्को लेभलमा जाने सम्भावाना थियो। तर, सरकारले जसरी वाचा गर्‍याे त्यो अनुसारकाे रङ्गशाला पनि बनेन। अहिले पनि छैन। याे कप खेलेर आइसकेपछि अब सरकारले क्रिकेटले पनि हाम्रो देशलाई चिनाउन माथिल्लो स्तरमा लैजान धेरै ठुलो भूमिका खेलेको छ भनेर क्रिकेटलाई विशेष प्राथमिकता दिएर पाइलट प्राेजेक्टकाे हिसाबले वाेर्ल्ड क्लासकाे रङ्गशाला बनाउनुपर्छ। पैसाको कारणले धेरै कुराहरु रोकिएको अवस्थामा घरायसी मैदान पनि अन्तर्राष्ट्रियस्तरको बनाउन के चाहिन्छ ? हरेक स्टक होल्डरहरुलाई भनेर हुन्छ कि सरकारले नै विशेष प्राथमिकतामा राखेर बजेट बनाएर खेलाडीहरुलाई सबल बनाएमा नेपाली क्रिकेटले यो भन्दा ठुलो फट्को मार्छ।

घरायसी मैदान राम्रो नभएको अवस्था र कोचले पनि कम्प्यारेटिभ खेल नभएकाे हुँदा पनि हाम्रा खेलाडीहरुकाे आन्तरिक क्षमता र बेसिक लेभलकाे ज्ञान भएका कारण याे लेभलकाे खेल सकेकाे हाे। यसमा सरकारले अलिकतिमात्रै सहयोग गर्‍याे भने हामीहरु थोरै लगानी धेरै उपलब्धीहरु हासिल गर्न सक्छाैँ। अब साउथ एसियाबाट क्रिकेट खेल्ने देखिएको भनेको नेपालमात्रै हो। बंगलादेशी क्रिकेटलाई त्यहाँको सरकारले सपोर्ट गर्‍यो, जसका कारण उनीहरुले चार वर्षमा नै क्रिकेटलाई अर्कौ लेभलमा लिएर गए। हाम्राे पनि खेलाडीहरुमा त्यो क्षमता नभएको होइन, त्यही भएर सरकारले अलि प्राथमिकता दिने हो भने हाम्रो क्रिकेट पनि चार/पाँच वर्षमा वान डे स्टाटसमा नपुग्ला भन्न सकिँदैन।

प्रकाशित मिति: : 2023-09-04 09:58:00

प्रतिकृया दिनुहोस्