‘भ्यालेन्टाइन डे’ मा क्यानडामा उजेलिएको मुना–मदन

बिएल संवाददाता

अल्बर्टा, क्यानडा
तस्वीर : एजेन्सी
तस्वीर : एजेन्सी

फेब्रुअरी १४, सन्त भ्यालेन्टाइनको निधन भएको दिन। प्रेमको पुजारीको रुपमा विश्वले चिन्ने यिनै सन्तको नाममा प्रत्येक वर्ष ‘भ्यालेन्टाइन डे’ मनाउने गरिन्छ। आज उनै सन्तको नाममा विश्वभरीका युवायुवती प्रणय दिवस मनाइरहेका छन्। 

यही क्रममा नेपालदेखि सात समुन्द्रपारीको देश क्यानडामा बसोबास गर्ने नेपालीहरुले पनि यसपालिको ‘भ्यालेन्टाइन डे’ लाई विशेषरुपमा मनाइरहेका छन्। क्यानडाको एडमन्टन सहरको अल्बर्टा एभेन्यु सडकमा बर्सेनी ‘डीप फ्रिज फेस्टिभल’ को आयोजना हुन्छ।



कर्णालीका छालझैँ छल्किन्थे प्रेमी–प्रेमिकाका मन

‘भ्यालेन्टाइन डे’ मनाउनु सकारात्मक कि नकारात्मक ?



यस पटक नेपाली संस्कृति र पहिचानलाई महत्व दिँदै मेला आयोजकले महाकवि लक्ष्मीप्रसाद देवकोटाको खण्डकाव्य ‘मुना–मदन’ को चर्चित प्रेमजोडी ‘मुना–मदन’ को आकृतिलाई बरफको प्रतिमामा कुँदेर प्रदर्शनीमा राखेका छन्।

कलाकार ब्यारी कोलियरले बनाएको यो प्रतिमासँगै ‘मुना–मदन’ को संक्षिप्त परिचय अंग्रेजी र नेपाली भाषामा राखिएको छ।

नेपाली परिवेशलाई झल्काउन महाकवि देवकोटाले सन् १९३६ मा ‘मुना मदन’ प्रकासित गरेका थिए। क्यानडामा प्रत्येक वर्ष फेब्रुअरीमा ‘डीप फ्रिज फेस्टिभल’ आयोजना हुनेगर्छ। फेस्टिभलमा क्यानेडेली आदिवासी जनजातिका हिउँदे जीवनशैली र विभिन्न देशका जनताको संस्कृति र जीवनशैली झल्काउने कलाकृति, पहिरन, खाना, गीतसंगीत र खेलतमासा संलग्न गर्ने गरिन्छ।



प्रेममा विकृति नमिसाऊ

किन बिरोध ‘भ्यालेन्टाइन डे’ को?



फेब्रुअरी महिनामा यो स्थानमा अत्यन्तै चिसो हुनेगर्छ। प्रायस् भिडभाड लाग्ने मेला यसपालि कोरोना महामारीका कारण प्रभावित बन्न पुगेको थियो। सधैं अल्बर्टा एभेन्युमा गरिने फेस्टिभल यसपालि वरपरका विभिन्न आठ स्थलमा गरिएको थियो।

नेपाली मुना–मदनको बरफको प्रतिमा 'डेल्टन कम्युनिटी लिग'को कार्यालयमा राखिएको छ। 

मेलामा नेपाली संस्कृति र पहिचानका कुरा राख्ने कार्यमा नेप्लिज क्यानेडियन सोसाइटी अफ एडमन्टनमार्फत नेपाली समुदायका स्वयंसेवक यम घिमिरेले गरेका हुन्। उनले बिएल नेपाली सेवासँग कुरा गर्दै भने,‘सम्पर्क व्यक्तिको रूपमा मैले मेला आयोजकलाई सहयोग गरेको हुँ।’

प्रकाशित मिति: : 2021-02-14 22:05:00

प्रतिकृया दिनुहोस्